images

प्रदेश नं १ मा थपिए ९३ सङ्क्रमित

काठमाडाैँ। विगत लामो समयपछि प्रदेश नं १ मा आज सबैभन्दा कम ९३ जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ। जसमा ३५० जनाको पिसीआर परीक्षण गर्दा ७९ र २३४ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमण प्रदेशमा पाँच जिल्ला मोरङमा २८ मध्ये विराटनगरमा २२, सुनसरीमा २७, झापामा २२, धनकुटा र प्रदेश बाहिरका एकरएक जनामा सङ्क्रमण भएको हो।

स्थानीय पालिकाअनुसार मोरङको  सुन्दरहरैचामा तीन, जहदा, मिक्लाजुङ र बुढीगङ्गामा एकरएक, सुनसरीको धरान र इटहरीमा नौरनौ, दुहवीमा चार, इनरुवामा तीन, बराहक्षेत्र र स्थानीय तह नखुलेका एकरएक, झापाको भद्रपुरमा १२, दमकमा चार, बिर्तामोड, मेचीनगर, कनकाई, गौरादह, कमलगाउँपालिका र स्थानीय तह नखुलेका एक / एक, धनकुटाको धनकुटा नगरपालिका र प्रदेश बाहिरका एकरएक जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा आजै १४३ महिलासहित २७९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने दुई महिलाको मृत्यु भएको बताइएको छ।
 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा