images

सपनामा पानी देख्नु कतिको शुभ अनि कतिको अशुभ ! के भन्छ समद्रशास्त्र ?

सपना शास्त्रको अनुसार पानीका सपनाहरू दुवै शुभ र अशुभ हुन सक्छन्

काठमाडौँ । प्रत्येक व्यक्तिले सपनाहरु देख्छ। र हरेक सपनाको आ-आफ्नो अर्थ र फलहरु हुने गर्दछ । समुद्रशास्त्रका अनुसार यहाँ केहि सपनाहरू छन् जससँग हाम्रो भाग्य जोडिएको हुन्छ । हामीले प्राय देख्ने दुई किसिमका सपना हुन्छन् । एक जसले इष्ट फल बताउँदछ, जसले सकारात्मक चीजहरु बोल्छ र अर्कोले नकारात्मक कुरा बताउँदछ । कहिलेकाँही हामीहरु अचम्मको सपनाहरू देख्छौँ जुन धेरै अनौंठो हुने गर्दछ ।

भाग्य सम्बन्धित सपनाहरु धेरै विशेष मानिन्छ । भनिन्छ कि यस्तो सपना देखेमा कसैलाई पनि उल्लेख गर्नु हुँदैन । यसो गरेमा ती सपनाहरू पूरा हुन्छन र त्यसले फल दिलाउने गर्दछ । सपना शास्त्रको अनुसार पानीका सपनाहरू दुवै शुभ र अशुभ हुन सक्छन् । यो अवस्थामा निर्भर कि तपाईले सपनामा कस्तो किसिमको पानी देख्नुभयो ।
नदीको पानी
सपनामा नदीको पानी देख्नु शुभ मानिन्छ । यसको मतलव तपाईका अधूरो सपनाहरू साकार हुन लागेका छन् । यो पनि एक आफ्नो इच्छाको पूरा प्रतीक हो । यस्तो सपना देखेपछि, त्यहाँ पैसा पाउने सम्भावना पनि हुन्छ वा तपाईंले आफ्नो हातमा राम्रो अवसर पनि प्राप्त गर्न सक्नुहुन्छ ।

समुद्रको पानी देख्नु
यदि तपाईले आफ्नो सपनामा समुद्री पानी देख्नुहुन्छ भने यो शुभ मानिदैन । भविष्यमा सतर्क हुनु आवश्यक छ जब यस्तो सपना देख्ने गरिन्छ । समुद्रको अर्थ नुन हो, जसको मतलब आउँदो समयमा मानिसहरू तपाईंको बोलीबाट प्रभावित हुन सक्दैन । जसले तपाईंलाई हानी गर्न सक्दछ ।
वर्षा देख्नु
सपनामा वर्षा देख्नु राम्रो संकेत हो । यसको मतलव यही हो कि आउँदै गरेको समयमा तपाईले केही राम्रो समाचार प्राप्त गर्न सक्नुहुनेछ । वर्षा पानीले भविष्यमा पाउने सफलतालाई पनि संकेत गर्दछ ।
बाढी देख्नु
सपनामा पानीको बाढी देख्नु एक अशुभ संकेत हो । यस सपनाको अर्थ यो हो कि तपाईले आउँदै गरेको समयमा केहि नराम्रा खबरहरू सुन्नुहुनेछ । कसैको मृत्युसँग सम्बन्धित नराम्रो खबरको पनि सम्भावना हुन सक्छ ।
कुँवाको पानी देख्नु
सपनामा कुँवाको पानी देख्नु शुभ मानिन्छ । यो सपनाले अचानक पैसा प्राप्ति हुने संकेत गर्दछ ।

सफा पानी देख्नु
सपनामा सफा पानी देख्नु पनि राम्रो संकेत मानिन्छ । यसको मतलव तपाईले छिट्टै काममा सफलता प्राप्त गर्न सक्नुहुनेछ । यो सपनाले काम र व्यवसायको प्रगतिलाई जनाउँछ । तपाइले पदोन्नति पनि पाउन सक्नुहुन्छ वा व्यापारमा पनि नाफा हुनेछ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा