images

इँटा उद्योगमा काम गर्ने कामदारको मृत्यु

राजविराज ।   सप्तरीको रुपनी गाउँपालिका–६ तेरहौतास्थित इँटा उद्योगको बन्डीवाल भत्किँदा आज एकजना महिला कामदाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–६ बस्ने ५० वर्षीय जतरीदेवी सरदार रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए । विशाल इँटा उद्योगमा काम गर्ने सरदार काँचो इँटा पकाउनका लागि चाङ लगाउने क्रममा छेउको वाल भत्किँदा उनी च्यापिएकी थिइन् । उपचारका लागि छिन्नमस्ता अस्पताल राजबिराजमा भर्ना गरे पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

 त्यस्तै, इँटा उद्योगको बन्डीवाल भत्किँदा अग्निसाइर कृष्ण सावरण गाउँपालिका–४ बस्ने ५० वर्षीय मङ्गल सदा र भारतको राबेरली मधुवन बस्ने ४० वर्षीय रमेशकुमार लौउदी घाइते भएका छन् । विभिन्न भागमा चोटपटक लागि घाइते भएका उनी दुवै जनाको उपचारका लागि छिन्नमस्ता अस्पताल राजबिराज सप्तरीमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

 घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा