images

नारायणहिटी ठेक्का प्रकरणमा दाहाल पनि मुछिए

 काठमाडौँ -  बतास समूहले नारायणहिटी दरबार संग्रहालयमा अवैध संरचना निर्माण गर्नुमा दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहाल पनि मुछिएको देखिएको छ । आज सोमबार मन्त्री प्रेमबहादुर आलेलाई बुझाएको प्रतिवेदनमा बतास समूह अन्तर्गतको बी म्यानेजमेन्टसँग भएको सम्झौतामै प्रश्न उठाइएको हाे ।

ठेक्का लगाउँदा मन्त्रालयसँग सहमति नलिएको र बतास परिवारकै शेयर भएको तीन वटा कम्पनीबीच प्रतिस्पर्धा गराएर ठेक्का लगाएको भन्दै समितिले भनेको छ, ‘ठेक्का सम्झौता कार्यमा एक आपसमा मिलेमतो भएको हुनसक्ने देखिन्छ ।’ सम्झौताभन्दा १४ रोपनी बढी जमिनमा संरचना निर्माण गरेको पाइएको समितिले बताएको छ ।

 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा