images

सेयर बजार २१ अंकले घट्यो

काठमाडौं - साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार घटेको छ । नेप्से परिसूचकमा २१ दशमलव ३५ अंकले ओरालो लागेर २१९० दशमलव ४२ विन्दुमा आएर रोकिएको छ । सोमबार सेयर बजार ४६ दशमलव ७६ अंकले उकाले लागेको थियो र ५ अर्ब बढीको कारोबार अर्ब बढीको कारोबार सेयर कारोबार भएको थियो । 

साथैै, मंगलबार २५४ कम्पनीको कारोबार हुँदा २ करोड ८ लाख ४३ हजार ९२५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब भन्दा बढीको सेयर कारोबार भएको छ ।  यस्तै,आज नगदी ग्रुप पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको २१ करोडभन्दा बढीको सेयर बिक्री भएको छ ।

साथै दोश्रोमा एपीआइ पावर कम्पनीको २० करोडभन्दा बढीको सेयर कारोबार भएको छ । यता, आज बाराही हाइड्रोपावरको १० प्रतिशतले मूल्य वृद्धि भएको हो । यस्तै, कुल १७३ कम्पनीमा उकलो लागेको छ भने ३१ कम्पनीमा ओरालो लागेको छ । ६ कम्पनी भने स्थीर रहेको छ ।  
 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा