images

आज पनि दोहोरो अंकले बढ्याे नेप्से, काराेबार रकम भने बढेन

काठमाडौं ।  साताको कारोबारको तेस्रो दिन आज मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकले बढेकाे छ । आज नेप्से ४४.१६ अंकले बढेर दुई हजार ३ सय १३ विन्दुमा पुगेको हो । सोमबार नेप्से १२.२७ अंकले बढेर दुई हजार २ सय ६८ दशमलब ८४ विन्दुमा पुगेको थियो ।  

त्यस्तै, आज कारोबार रकम भने सामान्य गिरावट आएको छ । आज एक अर्ब ३५ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार एक अर्ब ३९ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार थियो । आज कारोबार भएका १८१ कम्पनीको शेयरमूल्य बढेको छ भने ९ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

आज बरुण हाइड्रोपावर कम्पनी, न्यादी ग्रुप पावर कम्पनी, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, युनिभर्सल पावर कम्पनी, दिव्यश्वरी हाइड्रोपावर र नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्य शेयरमूल्यमा उच्च वृद्धि भएको हो । यी कम्पनीको शेयरमूल्य सर्किट लेभलमा बढेका छन् । नेप्सेका अनुसार एनआईबीएल समृद्धि फण्डका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य करिब ५ प्रतिशतले घटेको छ । 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा