images

शेयर बजार दोहोरो अंकले बढ्यो, ६ अर्ब ७२ करोड माथिको कारोबार

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा रौनकता देखिएको छ । उक्त दिन बजार ४९.१९ अंकले वृद्धि भएको हो । मंगलबार बजार परिसुचक २८३४.१३ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज काराबोर रकममा भने गिरावट देखिएको छ ।

मंगलबार ६ अर्ब ७२ करोड ४५ लाख बराबरको कारोबार भएको छ । ८ वटा कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।  मध्यभोटेकोशी जलविद्युत कम्पनी, नारायणी डेभलपमेन्ट बैं, नेपाल फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, सिभिल लघुवित्त, न्यादि जलविद्युत र मितेरी डेभलपमेन्ट बैंकको शेयर मूल्यमा उच्च वृद्धि देखिएको छ । यी कम्पनीको शेयरमूल्य आज सर्किट लेभलमा बढेको हो ।  

आज कारोबारको आधारमा आज सबैभन्दा बढी कारोबार अपि पावरको भएको छ । यस कम्पनीको आज १६ करोड ८३ लाख भन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा