images

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा रुपन्देहीका एमाले नेता गिरी नियुक्त

तिलोत्तमा - नेकपा (एमाले)संसदीय दलका नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त  हुनुभएको छ । 

लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बुधबार गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गर्नुभएको हो । एमालेसहित सात राजनीतिक दल र दुई स्वतन्त्र सांसदसहित ५८ जनाको समर्थनमा गिरी मुख्यमन्त्री बन्नुभएको छ । सरकार गठन गर्नका लागि सत्ता गठबन्धनले बुधबार दिउँसो प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेको थियो । एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी र दुई स्वतन्त्र सांसदसहित ५८ जनाको हस्ताक्षरमा सरकार गठनको लागि दाबी पेश भएको थियो । 

लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा, लोसपा र जनमतका तीन÷तीन सिट छन् । नागरिक उन्मुक्तिसँग चार सिट र स्वतन्त्र दुई जना सांसद रहेका छन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ । प्रदेशमा कांग्रेसका २७, लोसपाका तीन र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक÷एक सदस्य छन् । गिरीले रुपन्देही क्षेत्र नम्बर २ ९२० बाट प्रदेशसभामा विजयी हुनुभएको थियो । उहाँ यसअघि लुम्बिनी प्रदेशको वन तथा वातावरण र उद्योगमन्त्रीसमेत बन्नुभएको थियो । शपथ कार्यक्रम भने पुस २८ गते बिहीबार लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा दिउँसो १ बजे हुने भएको छ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा