images

प्रेस स्वतन्त्रतामा कुनै सम्झौता हुनुहुँदैन : मुख्यमन्त्री पोखरेल

कावासोती । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्रतामा कुनै पनि सम्झौता हुन नहुने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ छापा सञ्चार माध्यम हकहित प्रवद्र्धन विभागको आयोजनामा नवलपुरको कावासोतीमा आज भएको ‘गण्डकी प्रदेशस्तरीय छापा सञ्चार माध्यमका समस्या तथा समाधानका उपाय’ विषयक अन्तरक्रिया कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सत्तामा हुदाँ र बाहिर रहँदा यदाकदा बोली फेरिने गरेको देखिए पनि पे्रस स्वतन्त्रतामा कुनै पनि किसिमको सम्झौता हुन नहुने बताउनुभयो ।

विगतमा ल्याएका केही विधेयक धेरै विवादास्पद भएकामा आफूहरूले विरोध जनाएको उल्लेख गर्दै उहाँले गण्डकी प्रदेश सरकार कुनै पनि बहानामा छुट्टै कानुन बनाएर सञ्चार नियन्त्रण गर्ने भन्ने पक्षमा नभएको स्पष्ट पार्नुभयो । “विधेयकबारे चिन्ता चासो रहेको पाए ।संविधानमा उल्लेखित शब्दावली मूल्य मान्यताको प्रतिकूल हुने गरी कुनै पनि बहानामा छुट्टै कानुन बनाएर सञ्चारलाई नियन्त्रण गर्ने पक्षमा प्रदेश सरकार छैन’’, मुख्यमन्त्री पोखरेलले भन्नुभयो । प्रदेश सरकार प्रेस स्वतन्त्रताको पक्षमा रहेको उहाँले स्पष्ट पार्नुभयो ।

प्रदेश सरकारले पत्रकार महासङ्घका भवन नभएका जिल्लामा बजेट छुट्टाएको उल्लेख गर्दै उहाँले प्रदेशभित्रका लोक कल्याणकारी विज्ञापनलाई व्यवस्थित बनाउने विषयमा सबै पक्ष बसेर छलफल गर्न सकिने बताउनुभयो ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा