images

शेयर बजारमा आज हरियाली ! कारोबार रकम पनि उच्च

काठमाडौं । साताको कारोबारको चाथोे दिन आज (बुधबार) पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले वृद्धि भएको छ ।  

आज नेप्से ५६.०६ अंकले बढेर दुई हजार ३ सय ६९ दशमलव ०६ विन्दुमा पुगेको छ । त्यस्तै, आज कारोबार रकममा पनि वृद्धि भएको छ । आज दुई अर्ब १६ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार एक अर्ब ३५ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।   

आज कारोबार भएका १९२ कम्पनीको शेयरमूल्य बढेको छ भने २ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि १३ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज नेपाल फाइनान्स, नेशनल हाइड्रो, सिनर्जी पावर डेभलपमेन्ट, राद्यी विद्युत कम्पनी, युनिभर्सल पावर कम्पनी र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ । 

 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा