images

दुरसञ्चार कम्पनीले कमायो ५ अर्ब ४३ करोडभन्दा बढी नाफा

काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रू ५ अर्ब ४३ करोड ५३ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको खुद नाफा भने ७ दशमलव ६३ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू ५  अर्ब ८८ करोड ४४ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

कम्पनीको कुल  आम्दानी गत वर्ष रू ३२ अर्ब ५३ करोड ६७ लाखभन्दा बढी भएको छ । यो आम्दानी गत वर्षको यसै अवधिसम्म रू ३१ अर्ब ६७ करोड ३७ लाखभन्दा बढी थियो । कुल आम्दानी गत वर्षको तुलनामा यस वर्ष २ दशमलव ७२ प्रतिशत बृद्धि भएको हो ।

लाभांश वितरणको इतिहासमै यस वर्ष बोनस शेयर वितरण गरेको कम्पनीको चुक्तापूँजी रू १८ अर्ब पुगेको छ । कम्पनीले यस वर्ष २० प्रतिशत बोनस शेयर वितरण गरेको हो । जगेडा कोष रकम शून्य दशमलव ७६ प्रतिशत कम रू ७४ अर्ब ११ करोड ७७ लाख कायम भएको छ । 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा