काठमाडाैँ - जेठ महिनामा बैंकहरूको ब्याजदर नबढ्ने भएकाे छ। हिजो (मंगलबार) बसेको वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले जेठ महिनाको लागि ब्याजदर नबढाउने निर्णय गरेको हो ।
यसअघि चैत्र र वैशाख महिनामा पनि वाणिज्य बैंकहरुको ब्याजदर बढेको थिएन । फागुनमा बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर ०.९८ प्रतिशतले बढाएका थिए । सहमति अनुसार बैंकहरुले सोही ब्याजदर प्रकाशित गर्ने भएकाले जेठ महिनाका लागि पनि निक्षेपकर्ताले उल्लेखित ब्याजदर नै पाउने छन् ।
यसअघि गत बुधबार चार्टर्ड एकाउन्टेन्ट्स अफ नेपालको लेखापाल सम्मेलनलाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरूको ब्याजदर अझै बढ्न सक्ने अभिव्यक्ति दिएका थिए ।
प्रतिक्रिया