पहिलो शिशु जन्मिएको १ महिना नपुग्दै जुम्ल्याहा शिशु जन्माएपछि....

एजेन्सी - विश्वमा अनाैठाे प्रकारका घटना हामीहरू देख्न र सुन्न सक्छाैँ त्यस्तै एक अनाैठाे घटना छ  जुन यस्ताे छ,बंगलादेशको एकजना महिलाले समय नपुग्दै एक छोरा जन्माएको झण्डै एक महिनापछि अर्को जुम्ल्याहा बच्चालाई जन्म दिएको डाक्टरहरूले जानकारी दिएका छन्।

२० वर्षीया आरिफा सुल्ताना नामकाे एक महिलाले पहिलो बच्चा जन्माएकी थिइन्। त्यसको २६ दिनपछि पुनः पेट दुख्न थालेपछि उनलाई अर्को अस्पतालमा भर्ना गरिएको थियो। डाक्टरहरूले उनी अझैँ गर्भवती रहेको र उनको अर्को पाठेघरमा जुम्ल्याहा बच्चा रहेको फेला पारेका थिए। तत्कालै सिजरिङ विधिबाट ती जुम्ल्याहालाई जन्म दिइएको हो। पछि जन्मेका दुवै शिशु र आमाको स्वास्थ्य अवस्था सन्तोषजनक रहेकाले तिनीहरूलाई केही दिनमै अस्पतालबाट डिस्जार्च गरिएको थियो।

दोस्रो पटक एड–डिन अस्पतालमा पुर्याइएका उनको स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सेइला पाडारले शल्यक्रिया गरेकी थिइन्। डाक्टर पोदारले आफूले पहिले कहिल्यै यस्तो घटना नदेखेकाले निकै आश्चर्य ! लागेको बताएकी छिन्। उनले सुल्तानको पति निकै गरिब भएकाले उनको पहिले अल्ट्रासाउन्ड नगरिएको बताएकी छिन्। तर दोस्रोपटक उनलाई किन अर्कै अस्पताल लगियो भन्ने स्पष्ट हुन सकेको छैन। सिंगापुरस्थित एकजना स्त्रीरोग विशेषज्ञले भने महिलामा दुईवटा पाठेघर हुनु कुनै असामान्य घटना नभएको बताउँछन्।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा