मृगौला पिडित लक्ष्मी परियार भन्छिन्, 'म बाँच्न चाहन्छु, सबैको सहयोगले म बाँच्नेछु'

काठमाडौं । मृगौला रोगले ग्रस्त ४३ वर्षिया लक्ष्मी कुमारी परियारले उपचारका लागि सहयोगको अपिल गरेकी छन् । रोल्पा नुवागाउँ सिलबन्दी गा.वि.स.का स्थानीय उनी हाल सेतीपाखा, इमाडोल ललितपुरमा बसोबास गर्दै आइरहेकी छिन् ।  परियारको दुवै मृगौला फेल भएपछि अहिले उपचारार्थ सहयोगको याचना गरेकी हुन् । विगत ४ वर्षदेखि मृगौलामा समस्या देखिएलगत्तै उनले डायलासिस गरिरहेकी छिन् । 
सुमेरू अस्पतालमा डायलासिस गरिरहेका परियारलाई चिकित्सकले अब मृगौला पत्यारोपण गर्न सुझाब दिएका छन् । तत्कालै मृगौला प्रत्यारोपण गर्दा ८ देखि ९ लाख रुपैयाँसम्मको खर्च देखिने डाक्टरले बताएका छन् । कमजोर आर्थिक हैसियत र विपन्नताका कारण आफ्नो उपचारमा समस्या देखिएपछि परियाले सबै दाजूभाई दिदीबहिनी समक्ष सहयोगको गुहार लगाएकी छिन् । 
पिडितका श्रीमान् चन्द्रबहादुरका अनुसार मृगौला फेर्नका लागि निकै पैसा खर्च देखिने भएकाले लक्ष्मी परियारको परिवारको त्यो सामथ्र्य नभएका कारण सबै सामु सहयोगको अपिल गरेका हुन् । उपचारको क्रममा आफ्नो नाममा रोल्पामा रहेको सम्पूर्ण जग्गा जमिन बेचिसकेका परियारको श्रीमान्ले बताएका छन् । पर्याप्त रकम अझै जुटाउन नसक्दा अहिले उनीहरुलाई हम्मे हम्मे परिरहेको छ । दैनिक आर्थिक छाक टार्न समेत गाह्रो उनीहरु अहिले सहयोगको प्रतिक्षामा छन् ।  ‘केही आर्थिक सहयोग पाए नयाँ जीवन बाँच्ने थिएँ ।’ पिडित परियारले घरको ओछ्यानबाट भनिन् । 
यस्तैमा दैनिक बजदुरी गरेर जिविकोपार्जन गरिरहेका उनका श्रीमान् चन्द्र परियारले मृगौला दान गर्ने बताएका छन् । तर, प्रत्यारोपणका लागि पर्याप्त रकम जम्मा नभएकोले प्रत्यारोपण कहिले गर्ने भन्नेमा परिवारमा अन्यौलता छाएको छ । यस्तैमा लक्ष्मी परियारका परिवारले सामाजिक सञ्जाल फेशबुक लगायत अन्य मिडियामार्फत सहयोगको अपिल गरेका छन् ।

आर्थिक सहायताको लागि Bank : Siddhartha Bank Account Holder Name : Laxmi Kumari Pariyar 

सिद्धार्थ बैंक, हात्तिबन, ललितपुरमा पिडित व्यक्तिकै नाममा रहेको खाता नं ०१८२१०५२२२० पैसा जम्मा गर्न सकिने छ । अथवा सिधै लक्ष्मी कुमारी परियारको श्रीमान् चन्द्र बहादुरको मोबाइल नम्बर ९८४८५८५४१५ मा फोन गरेर विस्तृत जानकारी लिन सकिनेछ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा