सवारीचालक अनुमतिपत्र अब सातवटै प्रदेशमा छापिने

काठमाडौँ - अब सवारीचालक अनुमतिपत्र (लाइसेन्स) प्रदेशहरूबाट पनि छापिने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतामा सातवटै प्रदेशका यातायात मन्त्रीको अन्तर तह समन्वय बैठकमा सो निर्णय भएको हो । प्रदेशस्थित सम्बन्धित यातायात कार्यालयबाट स्मार्ट लाइसेन्स छपाइका लागि सङ्घीय सरकारले मसिन उपलब्ध गराउने निर्णय भएको मन्त्रालयले जनाएको छ ।

हाल यातायात व्यवस्था विभागले मात्रै लाइसेन्स छपाइ गर्दै आएको छ। यसका कारण दुई वर्षसम्म लाइसेन्स नपाउने अवस्था बनेकाले प्रदेशमा छपाइ गर्ने निर्णय भएको मन्त्रालयका सहसचिव चूडाराज ढकालले जानकारी दिए । यस्तै ट्रायल उत्तीर्ण भएकै दिन परीक्षणकालीन लाइसेन्स जारी गरिनेछ। स्मार्ट लाइसेन्सको समस्या समाधानका लागि सुदूरपश्चिम र कर्णालीमा एक, गण्डकी र लुम्बिनीमा दुई गरी सबै प्रदेशमा स्मार्ट लाइसेन्स छपाइ गरिने छ । निर्णय कार्यान्वयनमा प्रदेशका यातायातमन्त्री प्रतिबद्ध भएको मन्त्रालयले जनाएको छ । 

 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा