images

भारतमा कोरोना संक्रमितको संख्या  बढ्यो

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १९ हजार १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या ३ करोड ३९ लाख ७१ हजार २९३ पुगेको छ ।

 २ लाख ३४ हजार ६०० जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै एकैदिन १९३ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणअनुसार भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५० हजार ८१४ पुगेको छ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा