images

पछिल्लो २४ घण्टामा थप ७८५ जना कोरोना संक्रमित थपिए, १२ जनाको मृत्यु

यही अवधिमा थप ८ सय ८८ जना निको भएका छन्

काठमाडौं - काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार १९५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ६६३ तथा एन्टिजेन विधिबाट १२२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।

तीमध्ये काठमाडौंमा १९१, भक्तपुरमा २६ र ललितपुरमा ७८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लोपटक थपिएको सहित हाल उपत्यकामा सक्रिय संक्रमितको संख्या ३,४१२ रहेको छ। तीमध्ये काठमाडौंमा १,९६८, भक्तपुरमा ६४८ र ललितपुरमा ७९६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यही अवधिमा थप ८ सय ८८ जना निको भएका छन् भने १२ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा