images

जानकी फाइनान्सको १५.७८९५ प्रतिशत लाभांश घोषणा

काठमाडौं– जानकी फाइनान्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। कम्पनी सञ्चालक समितिको मंगलबार दिउँसो सम्पन्न बैठकले १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको हो।

फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको लाभांशमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।७८९५ प्रतिशत नगद लाभांश रहेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिर  फाइनान्सको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्। 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा