images

आज कर्णाली प्रदेश सभाको नवौं अधिवेशन हुँदै

कर्णाली प्रदेश सभाको नवौं अधिवेशन आज बुधबारबाट सुरू हुँदैछ । कर्णली प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो ३ बजे प्रदेश सभाको नवौं अधिवेशन बोलाइएको हो ।

नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभाको नवौं अधिवेशन आह्वान गर्नुभएको थियो । प्रदेश सभा सचिवालयका कानुन अधिकृत मदन खड्काका अनुसार प्रदेश सभाका सबै सदस्यलाई सूचना गरिएको छ ।

यसअघि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको विश्वासको मत लिने प्रयोजनका लागि गत मंसिर १४ मा बोलाइएको बैठक प्रतिपक्षी नेकपा एमाले उपस्थित नभएपछि मंसिर १५ गते बसेको थियो ।

 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा