images

नेपाल इको प्यानलले खोज्यो देशभरि डिलर

भक्तपुर - लोकप्रियताको शिखरमा पुग्दै गरेको नेपाल इको प्यानलले देशैभरि डिलर खोजेको छ । देशैभरि माग वढ्दो रहेपछि उसले डिलर खोजेको जनाएको छ । भक्तपुरको सल्लाघारीमा मुख्य कर्पाेरेट कार्यालय रहेको नेपाल इको प्यानलले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मै डिलर खोजेको हो ।

नेपाल इको प्यानलले अहिले पनि देशका विभिन्न ठाउँंमा डिलरमार्फत् आफना सामानहरु विक्री वितरण गर्दै आएको छ । साथै मुख्य कर्पाेरेट कार्यालय सल्लाघारीबाट पनि सिधै सामान वेच्दै आएको छ । नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सिईओ) इन्जिनियर कृष्णभक्त दुवालले देशैभरि माग वढ्दो रहेकोले देशैभरि डिलर आवश्यकता गरेको सुनाए ।

सवैतिरबाट सामान माग भई आएको छ, त्यसअनुसार डिलर अभाब भएकोले डिलर माग गरेका छौं, उनले भने । साथै कर्पाेरेट अफिसका लागि मार्केटिग अफिसरहरु पनि खोजेको उनले जनाए । नेपाल इको प्यानल स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने आधुनिक निर्माण सामाग्री हो । हलुका, भूकम्प प्रतिरोधीलगायतका कारण पछिल्ला वर्षहरुमा यसको माग देशैभरिबाट उच्च रहेको जनाइएको छ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा