images

रकमसहित एक जना पक्राउ

मोरङ -  विराटनगरबाट स्राेत नखुलेकाे रकमसहित एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका-७ स्थित माछापुच्छ्रे बैंक अगाडिबाट स्रोत नखुलेको नगद ७ लाख ९ हजार रुपैयाँ, विभिन्न बैंकको एटिएम कार्ड १४ थान, विभिन्न बैंकको चेक ९ थान र को.२४ प ७९८४ नम्बरको मोटरसाइकल सहित सोही महानगरपालिका-१८ बस्ने ३६ वर्षीय रवि प्रकाश साहलाई  प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यतालय मोरङबाट खटिएको प्रहरीले रविलाई उक्त नगद र विभिन्न बैंकका चेक तथा एटिएम कार्डसहित फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा