images

आज नेप्सेमा दोहोरो अंकको गिरावट, काराेबार रकम भने बढ्याे

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) घटेको छ । आज नेप्सेमा दोहोरो अंकको गिरावट आएको हो । आज नेप्से १८.६४ अंकले घटेर दुई हजार ३ सय ५० दशमलव ४२ विन्दुमा बन्द भएको छ । बुधबार नेप्से ५६.०६ अंकले बढेर दुई हजार ३ सय ६९ दशमलव ०६ विन्दुमा पुगेको थियो । 

शेयर बजार घटेपनि आज कारोबार रकममा भने वृद्धि भएको छ । आज दुई अर्ब ३२ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार दुई अर्ब १६ करोड ३९ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । आज कारोबार भएका ३४ कम्पनीको शेयरमूल्य बढेको छ भने १५१ कम्पनीकोे शेयरमूल्य घटेको छ । यसमध्ये पनि एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

आज जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता २४४८.६० रुपैयाँ पुगेको छ । त्यस्तै, आज सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले घटेर प्रतिकित्ता १२३६.१० रुपैयाँमा झरेको छ । 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा