images

मापसे गरेका व्यक्तिले के भोट हाल्न पाउँछन् ? के भन्छ आयोग

काठमाडाैँ - निर्वाचन आयोगले भोलि अर्थ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मादक पदार्थ सेवन (मापसे)  गरेको व्यक्ति मतदाता भएपनि मतदान केन्द्रमा प्रवेश गर्न नदिन निर्देशन दिएको छ ।

निर्वाचन आयोगले बुधबार एक विज्ञप्तीमा जारी गर्दै मापसे गर्ने व्यक्ति मतदाता भएपनि मतदान केन्द्रमा प्रवेश गर्न नदिन मतदान अधिकृतलाई निर्देशन दिएको हो । विज्ञप्तीमा भनिएको छ, ‘मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भएतापनि मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न दिनु हुदैन ।’

त्यस्तै, मतदाताले मोबाइल तथा क्यामेरा लैजान नपाइने भएको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तरिकाले निर्वाचन सम्पन्न गर्नका लागि उक्त व्यवस्था गरिएको हो । 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा