images

पेट्रोलबाट चल्ने विश्वकै शक्तिशाली कार ! यस्ता छन् फिचर्स र मूल्य

काठमाडाैँ - स्पोर्ट्स कार निर्माता कम्पनी एस्टन मार्टिनले आफ्नो पहिलो एस्टन मार्टिन डीबीएक्स ७०७ एसयूभीको उत्पादन पूरा गरेको छ । सो कार चाँडै नै यसको पहिलो ग्राहकलाई प्रदान गरिनेछ । सो कारको एक्सटेरियर निलो रङमा पेन्ट गरिएको छ ।

एस्टन मार्टिन डीबीएक्स ७०७ एसयूभी विश्वको सबैभन्दा शक्तिशाली पेट्रोल इन्जिन भएको लग्जरी एसयूभी हो । सो एसयूभी डीबीएक्समा आधारित छ तर यसमा एएमजी ट्विन टर्बो भी८ इन्जिन जडान गरिएको छ । यसको च्यासिस, सस्पेन्शन सेटअप र ब्रेकलाई अपडेट गरिएको छ । सो इन्जिनले ६८७ बीएचपी पावर र ८९८ एनएम टर्क जेनेरेट गर्छ । यस इन्जिनको सहयोगमा यो कारले ३.३ सेकेण्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टाको गति हासिल गर्न सक्छ र यसको टप स्पिड ३१० किलोमिटर प्रतिघन्टा छ ।

एस्टन मार्टिन डीबीएक्स ७०७ एसयूभीको अगाडि ठूलो फ्रन्ट ग्रिल प्रयोग गरिएको छ, जुन नियमित डीबीएक्स भन्दा लगभग २७ प्रतिशत ठूलो रहेको कम्पनीको भनाइ छ । यो कार तल्लो बम्परमा एयर इन्टेकसहित ल्याइएको हो ।

यो एयर इन्टेकले ८० प्रतिशतसम्म राम्रो एयरफ्लो प्रदान गर्छ । यसले कारलाई उच्च गतिमा डाउन फोर्स प्राप्त गर्न मद्दत गर्छ । नयाँ एस्टन मार्टिन डीबीएक्स ७०७ एसयूभी पुरानो मोडल भन्दा धेरै स्टाइलिश र अधिक आक्रामक देखिन्छ ।

नयाँ एस्टन मार्टिन डीबीएक्स ७०७ को क्याबिनलाई निकै स्पोर्टी डिजाइन गरिएको छ र कम्पनीको सिग्नेचर एस्टन मार्टिन रेसिङ कलर थिममा पेश गरिएको छ । यसमा दिइएको इन्फोटेनमेन्ट स्क्रिन पुरानो मोडल डीबीएक्सबाट लिइएको हो । सो कार ३ लाख डलरमा बिक्री हुनेछ । नेपाल अटो

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा