काठमाडौं । बजाजले नयाँ जेनेरेशन पल्सर सिरिज एकपछि अर्को सार्वजनिक गर्ने तयारी गरेको छ । केही दिनअघि सार्वजनिक भएको तस्विर अनुसार पल्सर १२५ र पल्सर एनएस १६० को नयाँ जेनेरेशन मोडल परिक्षणको क्रममा देखिएको थियो ।
परिक्षणमा देखिएका यी दुबै मोडल नयाँ जेनेरेशन पल्सर २५० मा आधारित रहेको छ । कम्पनीले अब आउने सबै पल्सर मोडल २५० मा आधारित रहने बताएको छ । पल्सर २५० भारतमा सर्वाधिक सफल र छिटो १० हजार यूनिट विक्री भएको मोटरसाइकल हो ।
बजाज पल्सर सिरिजकै सर्वाधिक सफल मोडल १५० को पनि परिक्षण सुरु भएको अटो मिडियाले दावी गरेका छछन् । नयाँ पल्सर १५० मा प्रोजेक्टर हेडल्याम्प, स्यालको आँखा जस्तो एलइडी डे टाइम रनिङ लाइटले यसको अगाडिको भाग निकै आकर्षक बनाउने छ ।
सिंगल पिस सिट, लाइसेन्स प्लेट होल्डर, नयाँ डिजाइनको इन्जिन कौल, टेलिस्कोपीक फ्रन्ट फर्क, रियरमा मोनोशक सस्पेन्सन, दुबै चक्कामा डिस्क ब्रेक, सिंगल च्यानल एबीएस दिनेछ । मेरोअटो
प्रतिक्रिया