images

अचम्मको युद्ध : रक्सीका कारण लडेका थिए सिपाहीहरू, हजारौं मानिसहरूले व्यर्थमै गुमाएका थिए ज्यान

एकै पक्षका करीव १०,००० सैनिकहरू मारिएका थिए

एजेन्सी । विश्वको प्रत्येक युद्ध एक न एक कारणका लागि लडिएको हुन्छ र ती युद्धका कारण हजारौं सैनिकहरुले आफ्नो ज्यान गुमाउने गर्दछन् । तर आजभन्दा करिब २३१ वर्ष अगाडि एउटा युद्ध एकदमै अनौंठो कारणले लडिएको थियो जसमा एकै पक्षका करीव १०,००० सैनिकहरू मारिएका थिए । एक तर्फबट यसलाई युद्ध नभन्दा पनि राम्रै हुनेछ । किनभने त्यहाँ एकतर्फी सेनाहरु मात्र लडिरहेको थिए । उक्त युद्धमा एक गल्तीको कारण एकै पक्षका सिपाहीहरू आपसमा झगडा गरेका थिए र एक अर्कालाई मारेका थिए ।


यस युद्धलाई ’बेटल अफ क्यारसिब्स को नामबाट पनि चिनिन्छ । मानिसहरूले यस युद्धलाई विश्वको सबैभन्दा हास्यास्पद युद्ध पनि भन्ने गर्दछन् । यो युद्ध सन् १७८८ को हो, जब करिब एक लाख अस्ट्रियाली सिपाहीहरू क्यारसिब्स शहरमा कब्जा गर्न निस्केका थिए । त्यसबेला अस्ट्रिया र टर्की बीच युद्ध पनि चलिरहेको थियो । २१ सेप्टेम्बरको रात तीनीहरु तिमिस नदीको नजिक पुगे र चारैतिरबाट क्यारसिब्सलाई घेरे । तिनीहरूले नदीको वरिपरि टर्की सेना कोहीपनि देखेनन् तर नदीको अर्कोपट्टि, तिनीहरूले रोमानीहरूको एउटा शिविर देखे । अस्ट्रियाली घोडचढी त्यहाँ पुग्दा रोमीहरूले उनीहरूलाई मद्य पिउन आमन्त्रित गरे ।


यस्तैमा अस्ट्रियाका घोडचढीहरू थकित देखिन्थे त्यसैले तिनीहरूले नदी किनारमा रोमानी मानिसहरूसँग बसेर रक्सीको आनन्द लिन थाले । यसैबीच, अस्ट्रियाका केही पैदल सिपाहीहरू पनि त्यहाँ पुगे र घोडसवारहरूले पिइरहेका रक्सी देखेर तिनीहरूले पनि थोरै पिउनलाई मागे, तर घोडचढीहरूले तिनीहरूलाई त्यो रक्सी बाँड्न अस्वीकार गरे । यस्तैमा ती पैदल सिपाहीहरु क्रोधित भए र घोडचढी सेनाहरूको सामना गर्न थाले । यसैबीच हातापाइमा अचानक कुनै एक सिपाहीले गोली चलाए ।


नदीको अर्को किनारमा आराम गरिरहेका सैनिकहरूले गोलीको आवाज सुनेपछि, टर्किसहरूले आक्रमण गरेको तीनीहरुले भन्ठाने । यसैले तिनीहरू उठे र टर्क्स–टर्क्स (टर्की सैनिकहरू) भनेर कराउँदै केही कुरै नबुझी नदी पार गर्दै गोली बर्सानउ थाले । यस्तैमा नदीपट्टिको सिपाहीहरूले पनि टुर्कीले आक्रमण गरेको महसुस गरे र तीनीहरुले पनि अन्धाधुन्ध गोली बर्साउन थाले र आफ्नै सिपाहीहरूलाई मार्न थाले ।


यता अष्ट्रियाई सेनाको नेतृत्व गरेका जर्मन अधिकारीले सैनिकहरुलाई त्यसो गर्नबाट रोक्न ’हाल्ट’ को आदेश दिए । तर अष्ट्रियाका सैनिकहरूले यसको अर्थ के हो बुझ्न सकेनन र उनीहरूले सिपाहीहरूको बीचमा अल्लाह–अल्लाह कराउँदै गरेको महसुस गरे । यसपछि, वातावरण झनै बिग्रियो ।

अस्ट्रियाका सिपाहीहरूलाई अन्धकारमा आफ्ना सिपाहीहरू पनि टर्कीका सैनिकहरु लाग्न थाल्यो र तिनीहरूले आफ्नो ज्यान बचाउन एक अर्कालाई मार्न थाले । भनिन्छ कि यस्तैमा अस्ट्रियाका एक सैनिकलेत आफ्नै सिपाही साथीहरुमाथि तोपबाट गोलाहरू समेत बर्साएका थिए । यसरी एक गल्तीका कारण अष्ट्रियाका सैनिकहरू एक अर्कासँग युद्ध गरे र यसमा हजारौंको ज्यान यतिकै गएको इतिहास छ ।
-एजेन्सीको सहयोगमा

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा