कसलाई चुन्ने, कसलाई मतदान गर्ने ?

निर्वाचनमा पहिलेजसरी अहिले पनि खासगरी शिक्षा, स्वास्थ्य, रोजगार र दैनिक जनजीवनसँग जोडिएका विषयहरुमा नागरिकको सबैभन्दा धेरै चासो र सरोकार रहने गरेको छ भने राजनीतिक दल तथा उम्मेदवारहरुले पनि नीतिगत विषयहरुभन्दा विकास निर्माणका एजेण्डालाई नै चुनावी एजेण्डाका रुपमा अघि सारेको देखिन्छ ।

काठमाडाैँ – मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति नजिकै आएको छ । अब निर्वाचन आउन एकसाता (मौनअवधी) मात्रै छ । पार्टीहरुले आफ्ना घोषणा पत्र सार्वजनिक गरिसकेका छन् भने उम्मेद्वारहरु एजेण्डा र आश्वासन लिएर टोल–टोलमा, मतादाताको घर–घरमा मात्रै होइन, कार्यक्षेत्रमै पुगेका छन् । ५ वर्ष अवधीका लागि जनप्रतिनिध तथा नेतृत्वमा पुग्नका लागि पार्टी तथा उम्मेद्वारहरुको तछाड–मछाड छ ।
राज्य पुनसंरचनापछिको दोस्रो पटकको निर्वाचन हुँदै गर्दा बितेको पाँच वर्षमा सरकार तथा राजनीतिक दलहरुले निर्वाह गरेको भूमिका, अनुभव र मूल्यांकनको आधारमा यसपटक नागरिकले मत प्रकट गर्नेछ ।  सबैले आ–आफ्नो तहबाट भूमिका निर्वाह गरिरहेका छन् । र, सबैलाई यो निर्वाचन प्रतिष्पर्धात्मक र चूनौतीका रुपमा छ भने त्यतिनै चूनौतीपूर्ण मतदातालाई पनि रहेको छ । 
निर्वाचनमा पहिलेजसरी अहिले पनि खासगरी शिक्षा, स्वास्थ्य, रोजगार र दैनिक जनजीवनसँग जोडिएका विषयहरुमा नागरिकको सबैभन्दा धेरै चासो र सरोकार रहने गरेको छ भने राजनीतिक दल तथा उम्मेदवारहरुले पनि नीतिगत विषयहरुभन्दा विकास निर्माणका एजेण्डालाई नै चुनावी एजेण्डाका रुपमा अघि सारेको देखिन्छ ।

राजनीतिक परिवर्तनका पक्षमा दिलोज्यान दिएर लागेका नागरिकहरुले सुशासनको अनुभूति गर्न नपाउँदा राजनीतिक दलप्रति वितृष्णा र स्वतन्त्र उम्मेदवारप्रति आकर्षित भएको देखियो । स्वतन्त्र उम्मेदवारले प्रयोग गरेको निर्वाचन चिन्ह लौरोको लोकप्रियता बढ्यो । यही लोकप्रियतालाई देखेर नै भर्खरै दर्ता भएका नयाँ राजनीतिक दलहरुले तिनै लौरो र घण्टीलाई आफ्नो निर्वाचन चिन्हका रुपमा प्रयोग गर्दैछन् ।

यस्तैमा यस पटकको चुनावमा मतदातासामु धेरै अन्यौल र विकल्पहरु रहेका छन् । निर्वाचन विशेषतः मतदाता केन्द्रितनै हुने गर्दछ। र, नतिजा पनि तर,मुलुकमा मतदाताको महत्व, भूमिका र योग्दानलाई केवल मतका लागि मात्रै प्रयोग गरिएको भन्ने आक्रोश रहँदै आएको छ ।
निर्वाचित भई नेतृत्वमा पुग्ने लक्ष्य र आकांक्षाका साथ पार्टीहरुले आकर्षक तवरले प्रचार–प्रासार गर्नुका साथै ठूला–ठूला विकास निर्माणका योजना र विकासका योजना लिएर मतदातासामु पुगेका छन्,मत मागेका छन् । गणतान्त्रिक पद्धतिमा अगाडि बढेको नेपालमा विभिन्न दलहरु चुनावमा होम्मिएका छन् । अर्कातर्फ संविधानतः उम्मेद्वारी दिन पाउने र नेतृत्वको अधिकारको प्रयोग गर्दै स्वतन्त्र उम्मेद्वारहरु पनि चुनावी मैदानमा छन् ।
निर्वाचन लोकतन्त्रको सुदृढीकरण र संस्थागत विकासका लागि कोशेढुंगाको रुपमा रहेको कुरामा दुईमत छैन । अहिले राजनीतिक दलहरु फरक–फरक गठबन्धन बनाएर कतै गठबन्धन र कतै एकल रुपमा चुनावी प्रतिस्पर्धामा छन् । गत स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारको पक्षमा नागरिकहरुले उत्साहपूर्णरुपमा मतदान गरेको देखियो । काठमाडौं, धरान, धनगढीलगायतका ठूला शहरमा स्वतन्त्रले निर्वाचन जित्ने वातावरण बन्यो । राजनीतिक परिवर्तनका पक्षमा दिलोज्यान दिएर लागेका नागरिकहरुले सुशासनको अनुभूति गर्न नपाउँदा राजनीतिक दलप्रति वितृष्णा र स्वतन्त्र उम्मेदवारप्रति आकर्षित भएको देखियो । स्वतन्त्र उम्मेदवारले प्रयोग गरेको निर्वाचन चिन्ह लौरोको लोकप्रियता बढ्यो । यही लोकप्रियतालाई देखेर नै भर्खरै दर्ता भएका नयाँ राजनीतिक दलहरुले तिनै लौरो र घण्टीलाई आफ्नो निर्वाचन चिन्हका रुपमा प्रयोग गर्दैछन् ।

आम मतदातामा भने ती दलीय उम्मेदवारहरुलाई समेत स्वतन्त्र उम्मेदवारका रुपमा बुझेको अवस्था छ । त्यसैले निर्वाचनमा कोही पनि मतदाताले लहलहैमा लागेर मताधिकारको प्रयोग गर्नुहुँदैन । खासमा एजेण्डाका आधारमा स्वस्थ चुनावी प्रतिस्पर्धा भए मात्र नागरिकले राम्रो उम्मेदवार छान्न सक्ने वातावरण बन्छ ।

आम मतदातामा भने ती दलीय उम्मेदवारहरुलाई समेत स्वतन्त्र उम्मेदवारका रुपमा बुझेको अवस्था छ । त्यसैले निर्वाचनमा कोही पनि मतदाताले लहलहैमा लागेर मताधिकारको प्रयोग गर्नुहुँदैन । खासमा एजेण्डाका आधारमा स्वस्थ चुनावी प्रतिस्पर्धा भए मात्र नागरिकले राम्रो उम्मेदवार छान्न सक्ने वातावरण बन्छ । त्यसैले सरोकारवाला सबैले निर्वाचनमा त्रास र दबाबको प्रभाव होइन, मतदाताले स्वफूर्तरुपमा मतदान गर्ने वातावरण बनाउनुपर्छ । उनीहरुले उम्मेदवार र उसका चुनावी एजेण्डामा विश्वास गर्ने वातावरण बनाउनु सबैको प्रथम दायित्व हो । लोकतन्त्रको संस्थागत विकास र सुदृढीकरणको विषय यसैमा निहित छ । त्यस्तै निर्वाचनमा नागरिकले व्यक्त गरेको अभिमत खेर जान नदिन मतदाता शिक्षालाई पनि महत्वका साथ हेर्नुपर्छ ।

नेपलामा हालसम्म परम्परागत रुपमा मतदान गर्ने शैलीले निरन्तरता पाउँदै आएको छ । यद्यपी २०६४ सालमा तत्कालिन समयमा जनयुद्ध छाडेर शान्ति सम्झौतापछि पहिलोपटक निर्वाचनमा आएको नेकपा माओवादी, पहिलो दल बनेको थियो । त्यसैगरी २०७४ को निर्वाचनमा भने राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले समानुपातिकतर्फ अनपेक्षित मत प्राप्त गरेको थियो भने नयाँ दल विवेकशिलले पनि राम्रो मत प्राप्त गरेको थियो । वैकल्पिक शक्तिका रुमा गत निर्वाचनमा विवेशक र साझा दुई नयाँ दल प्रतिष्पर्धामा आएका थिए । तर, यतिबेल भने दुबै (एकिकरण भएका)दल शसक्त रुपमा प्रतिष्पर्धामा छैनन् ।

यस पटकको निर्वाचनमा नेपाली कांग्रेस नेतृत्वको सत्तारुढ ५ दलीय गठबनधन,एमाले नेतृत्वको तीन दलीय गठबन्धन, रवि लामिछाने नेतृत्वको नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी र स्वतन्त्र उम्मेद्वारहरुबीच मुख्य प्रतिष्पर्धा देखिएको छ । पूराना दलहरुको २ शसक्त गठबन्बन्धनबीच नयाँ दल र स्वतन्त्र उम्मेद्वारी दिएकाहरुबीचको प्रतिष्पर्धाको नतिजा मंसिर ४ पछि आउने नै छ । तर, कसलाई चुन्ने, कसलाई मतदान गर्ने ? भन्ने विषयमा सोँच्न र निर्णय लिन भने मतदातालाई मंसिर ४ सम्ममा पर्दछ ।
नेकपा एमाले,नेपाली कांग्रेस, नेकपा माओवादी,जनता समाजवादी, लोकतान्त्रिक समाजवादी,राप्रपा लगाएतका पुराना दलहरुमा आस्था राख्ने मतदाताहरु मध्ये धेरैले निरन्तरता नै दिने वा नयाँ दल वा स्वतन्त्रलाई मतदान गर्ने यो सोँचनिय हुन्छ । त्यसैगरी लामो समयदेखि निरन्तर निर्वाचन जितेर , नेतृत्व, सत्तामा रहेर पनि मुलुकमा अपेक्षित नेतृत्व र विकास गर्न नसकेको भनेर निर्वाचन प्रणालीमा आएका नयाँ दल र स्वतन्त्र उम्मेवारहरुलाई मत दिने,नदिने भन्ने विषयमा सोँचनीय रहेका छन् । 


मतदान गर्न अब थोरै दिन मात्र बाँकी छ । त्यसैले चुनावी प्रपोगण्डाका आधारमा धारणा नबनाई राजनीतिक दल तथा उम्मेदवारहरुले प्रस्तुत गरेका एजेण्डामा ध्यान पुर्याएर मतदान गरौं । नर्बिसौं, उम्मेदवारका लागि मात्र होइन, यो समय मतदाताका लागि पनि परीक्षाको घडी हो । उम्मेदवारहरुमध्येबाट हामीले ठीक व्यक्ति छान्न सकेनौं भने आउने पाँच वर्ष गुनासो गर्दैमा बित्नेछ । संघीयताको मर्म बुझेको, संविधान कार्यान्वयनमा इमानदार, नागरिकका दैनिक जीवनसँग जोडिएका समस्यालाई प्राथमिकतामा राखेर काम गर्न सक्ने, विकास र समृद्धिलाई यहाँका नागरिकको जीवनस्तरसँग जोडेर अगाडि बढ्ने प्रतिनिधिलाई जिताउन मतदाताले सचेततापूर्वक मतदान गर्नुपर्नेछ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा