images

८३ रूपैयाँ ४७ पैसा प्रतिलिटरमा किनेको पेट्रोल १३६ मा विक्री

प्रतिलिटर ७० प्रतिशत कर

काठमाडाैँ - नेपाल आयल निगमले इन्धनको मूल्य पटक पटक  वृद्धि गरेपछि भाउ घटाउन चौतर्फी दबाब छ।  बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढेको हाे । नेपाल आयाल निगमले १२ दिनपछि फेरि मूल्य बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको भन्दै आयल निगमले घाटामा गएको बताउँदै आएपनि पेट्राेलियम पदार्थकाे मूल्य उच्च हुनुमा पेट्राेलियम पदार्थमा सरकारले लगाउँदै आएकाे करकाे दायरा प्रमुख जिम्मेववार रहेकाे नेपाल राष्ट्रिय उपभाेक्ता मञ्जका अध्यक्ष प्रेमलाल महर्जनले बताएकाे छ ।  

बुधबार  निगमले पेट्रोल र डिजेल तथा मट्टितेलमा प्रतिलिटर तीन रुपैयाँ, आन्तरिक तथा बाह्य हवाई इन्धनमा प्रतिलिटर पाँच रुपैयाँ र खाना पकाउने ग्यास एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर ७५ रुपैयाँले बढाएपछि मुलुकभर पेट्राेलियम पदार्थकाे मूल्यवृद्धी विरूद्व  आन्दाेलन भइरहेका छन् । नेत्र विक्रम चन्द 'विप्लव' समुहकाे पार्टी कार्तिक ३० गते नेपाल बन्द नै घाेषणा समेत गरिसकेका छन् । 

इन्धनको मूल्य बढ्नुकाे कारण

आम सर्वसाधारणले  निगमले सञ्चालन खर्च र नाफा धेरै राखेका कारण मूल्य वृद्धि भएको भन्ने भ्रममा हुन सक्छ तर पेट्राेलियम पदार्थकाे मूल्य बढ्दा मूल्य उच्च  हुनुकाे कारणा भने सरकारले लगाएकाे उच्च करकाे दर भएकाे मञ्चका अध्यक्ष महर्जन बताउँछन् ।निगमले सञ्चालन खर्च प्रतिलिटर करिब ७० पैसा गर्छ। तर सरकारले इन्धनमा करिब ७० प्रतिशत कर लगाएको छ। निगमले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट ८३ रूपैयाँ ४७ पैसा प्रतिलिटरमा किनेको पेट्रोलमा सरकारले विभिन्न नामका कर लगाएर ५७ रूपैयाँ ७३ पैसा असुल गर्ने गर्छ। यो खरिद मूल्यमा ६९.१४ प्रतिशत कर हो। विदेशी बजारमा इन्धनको मूल्य जति बढ्छ,नेपालमा सरकारले पनि त्यति धेरै कर उठाउँछ। यो तथ्यांकले इन्धन महँगो हुनुमा सबैभन्दा ठूलो कारण कर नै देखिन्छ। यति हुँदाहुँदै पनि निगमको खर्चमा पनि लगाम लगाउनु जरुरी छ।

अहिले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको उच्च मूल्य वृद्धि हुँदा पनि सरकारले कर घटाउन कुनै पहल नगरेपछि इन्धनको मूल्य उच्च विन्दुमा पुगेको हो। जब कि छिमेकी मुलुक भारतको सरकारले जनतालाई राहत दिन हालै कर कम गर्ने घोषणा गरेको छ। तर व्यवहारमा लागु हुन सकेकाे छैन । 

 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा