images

रुसद्वारा चीनको कोभिड-१९ नीतिको स्वागत

एजेन्सी - रुसले सीमापार आवतजावत र माल-सामान ढुवानी लगायतका विषयमा कोभिड-१९ नीतिहरूलाई अनुकूलन गर्ने चीनको निर्णयलाई  सकारात्मकरूपमा लिएको छ । रुसी विदेश मन्त्रालयले चीनलाई गतिशील, विकासशील मित्रराष्ट्र भन्दै  दुई देशका बहुपक्षीय एवं व्यावहारिक सम्बन्धलाई थप सुदृढ र विविधीकरण गर्न इच्छुक रहेको उल्लेख गरेको छ।

मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले आफ्नो साप्ताहिक ब्रीफिङमा चीनको आर्थिक विकासको सम्भाव्यताको समायोजनपछिको प्रश्नको जवाफ दिँदै भन्नु भएको छ। हामी रुसी-चिनियाँ व्यापार र आर्थिक सहयोगको थप प्रगाढताका साथै हाम्रा देशका जनताबीचको समन्वयित  विभिन्न विषयको आदानप्रदानको पुनस् शुरुवात सुनिश्चित गर्न चाहान्छौँ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा