images

कानुनी शासनको पालना गर्न संयुक्त राष्ट्रसंघको आग्रह

एजेन्सी - संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटरेसले संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुलाई कानुनी शासनको पालना गर्न आग्रह गर्नुभएको छ । उहाँले भन्नुभएको छ– म सबैभन्दा पहिला के कुरामा विश्वका संयुक्त राष्ट्रसंघका सदस्य देशहरुलाई आग्रह गर्दछु भने हामी सबैले संयुक्त राष्ट्रसڮघको मूल्य मान्यता र यसको बडापात्रको सम्मान गर्नुपर्दछ र मलाई लाग्छ सबैले कानुनी शासनको पालनामा ध्यान दिनुपर्दछ ।

संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकलाई बिहीबार सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले त्यस बैठकमा विश्वका सबै देशहरुले आजको अवस्थामा संयुक्त राष्ट्रसंघको मूल्य मान्यतामा जोड दिँदै यसको महत्वका लागि कानुनी शासनको पालना गर्न र यसको बडापत्रमा ध्यान दिन आग्रह गर्नुभएको बताइएको छ ।

उहाँले विश्वमा शान्तिको स्थापना गर्न तथा अन्तर्राष्ट्रिय कानुनहरुको पालना र यसको प्रवद्र्धनका लागि विश्वका देशहरुले संयुक्त राष्ट्रसंघको बडापत्र र यसका मूल्य मान्यताहरुको सम्मान र प्रवद्र्धनमा जोड दिनुभएको पनि सो समाचारमा जनाइएको छ ।

विश्वम शान्ति स्थापना गर्न तथा विश्वका नागरिकहरुमा  आत्मसम्मानको विकास गर्नका लागि पनि कानुनी शासनको पालना र यसको सम्मान अहिले निकै नै जरुरी रहेको उहाँको भनाई थियो ।
विश्वमा दिन प्रतिदिन हिंसा बढ्दै गएको छ र अहिले विश्वमा विभिन्न नयाँ स्वरुपहरुमा नागरिकहरुप्रति हत्या हिंसा बढ्दै गएको छ भन्दै यो सबै अवस्थाको अन्त्यका लागि कानुनी शासनको पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

उहाँले भन्नुभयो– विश्वका विभिन्न देशमा हत्या हिंसा बढ्दै गएको छ । विभिन्न स्वारुपका हिंसात्मक गतिविधिहरु बढिरहेका छन् भन्दै यसका लागि सबैले कानुनको पालना र दोषीमाथि कानुनी शासन अनुरुप कारबाही हुनु जरुरी छ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा