images

प्रधानमन्त्री मधुमेह विरुद्धको विश्वदूत उपाधिद्वारा सम्मानित

एजेन्सी - बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाली बिहीबार अन्तरराष्ट्रिय मधुमेह महासंघ (आइडिएफ) को मधुमेहका लागि  विश्वदूत (ग्लोबल एम्बेसडर) को पदक र प्रशंसापत्र प्रदान गरिएको छ।

परराष्ट्रमन्त्री अब्दुल मोमेन र परराष्ट्र राज्यमन्त्री सहरियार आलमलगायत अन्य वरिष्ठ अधिकारीहरूले हसिनालाई उक्त पदक  एवं प्रशंसापत्र हस्तान्तरण गर्नुभएको राष्ट्रिय समाचार संस्था बीएसएसले जनाएको छ।

हसिनालाई लिस्बनमा आयोजित आइडीएफ विश्व मधुमेह सम्मेलनको उद्घाटन समारोहमा मधुमेह र अन्य नसर्ने रोगका बिरामीहरूलाई स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न उहाँले खेल्नु भएको भूमिकाको  कदर गर्दै मधुमेहका लागि ग्लोबल एम्बेसडरको उपाधि प्रदान गरिएको बताइएको छ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा