images

किन बजाइन्छ मन्दिरमा घन्टी ? थाहा पाऔँ यसका वैज्ञानिक कारणहरु

घन्टीको ध्वनिले मन, मस्तिष्क र शरीरलाई सकारात्मक ऊर्जा दिन्छ

काठमाडौं । कुनै पनि धार्मिक अवसरमा हिन्दू धर्ममा प्रत्येकले घन्टी बजाइन्छ । यो आवाज प्रत्येक मन्दिको पहिचान हो र धेरै पहिलेदेखि नै मन्दिरमा घन्टी बजाउने परम्परा छ ।

यसको धार्मिकका साथसाथै वैज्ञानिक कारणहरु पनि रहेका छन् । देवीदेवताको आरती घन्टनाद विना पूरा हुँदैन । घन्टीको ध्वनिले मन, मस्तिष्क र शरीरलाई सकारात्मक ऊर्जा दिन्छ । मन्दिरमा आरती हुँदा घन्टीको आवाजले मानिसको मनमा भक्तिभाव जाग्छ ।

मन्दिरमा राखिएका सानाठूला घन्टीका आवाजले वातावरणलाई शुद्ध बनाउँछन् । घन्टीबाट निसकने ध्वनि चमत्कारी हुन्छ । हावामा भएका सूक्ष्म कीटाणु हाम्रो स्वास्थ्यका लागि हानिकारक हुन्छन् । मन्दिरमा लगातार घन्टी बजाउँदा निस्कने ध्वनिले हानिकारक सूक्ष्म कीटाणुलाई नष्ट गरिदिन्छन् । घन्टीको आवाजले नकारात्मक ऊर्जाको असर बेकामे बनाइदिन्छ असन सकारात्मक वातावरण निर्माण गरिदिन्छ ।

घन्टीको आवाजले एकाग्रता बढाउँछ, मन शान्त हुन्छ, चिन्तन गर्ने क्षमता बढ्छ, धार्मिक विचार जन्मिन्छ र बुद्धि विकास हुन्छ । नियमित रूपमा आरती गर्दा र लगातार घन्टी बजाउँदा मन्दिरमा स्थापित देवीदेवताका प्रतिमा चैतन्य हुन्छन् । यी प्रतिमाको पूजा बढी प्रभावशाली र शीघ्र फलप्रदायक हुन्छ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा