images

देउवा नेतृत्वको सरकार ६ महिनामै असफल : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार ६ महिनामै असफल भएको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले देउवा नेतृत्वको सरकारको ६ महिनामा पूँजीगत खर्चको ८ प्रतिशत पनि खर्च हुन नसकेको भन्दै सरकार असफलता तर्फ उन्मुख भएको जिकिर गरेका छन् ।

उपमहासचिव ज्ञावलीले सर्वोच्च अदालतको परमादेशले सरकार बनेको बताउदै यसको मूल्य अहिले सिंगो मुलुकले चुकाउन पर्ने अवस्था आएको तर्क गरे ।

उनले संसदको अवरोध चाडो अन्त्य होस भन्ने एमालेले चाहेको बताउँदै संसद खुल्नलाई सभामुखले आफ्नो गल्ती सच्याउनु पर्ने धारणा राखेका छन्  ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा