images

‘पुष्पा’को हिन्दी भर्सन अमेजन प्राइम भिडियोमा

काठमाडौं । बक्स अफिसमा धमाका मच्याएको साउथ इण्डियन चलचित्र ‘पुष्पाः द राइज’को हिन्दी भर्सन ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमा रिलिज गरिएको छ । 

 ‘पुष्पा’ले हिन्दी भर्सनमा मात्रै हालसम्म ८० करोड भारुभन्दा बढीको कमाइ गरिसकेको छ । मूल रुपमा तेलुगू भाषामा बनेको यो चलचित्र तमिल, मलयालम, कन्नड र हिन्दी भाषामा डब भर्सनमा उपलब्ध छ ।

साउथ सुपरस्टार अल्लु अर्जुन र अभिनेत्री रश्मिका मन्दानाको मुख्य भूमिका रहेको ‘पुष्पा’को निर्देशन सुकुमारले गरेका हुन् । हिन्दी बाहेक अन्य भाषामा भने यो चलचित्र एक साताअघि नै प्राइम भिडियोमा रिलिज भइसकेको छ ।

 गत जनवरी ७ मै ‘पुष्पा’लाई हिन्दीमा समेत ओटीटीमा रिलिज गर्ने तयारी भएपनि बक्स अफिसमा धमाका मच्चाइरहेकाले यसका निर्माताले एक सातापछि मात्र प्रसारण गर्न आग्रह गरेका थिए ।


 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा