images

सहकारीबारे समचार लेख्दा पत्रकारहरू संयमित हुनु जरूरी छ: साँसद कृष्णगाेपाल श्रेष्ठ

जय किसान हित बहुमुखी सहकारी संस्था लि. काे २२ ओैं साधारण सभा तथा ८ ओैं अधिवेशन सम्पन्न अध्यक्षमा न्हुछे महर्जन सहित सर्वसम्मत

काठमाडौं - जय किसान हित बहुमुखी सहकारी संस्था लि. काे २२ ओैं साधारणसभा  तथा आठाैं अधिवेशन सम्पन्न भएकाे छ । 

अधिवेशनले नयाँ सञ्चालक समिति निर्विराेध चयन गरेकाे छ । अध्यक्षमा न्हुछे महर्जन,उपाध्यक्षमा राजेश डंगाेल, सचिवमा रविन्द्र महर्जन, सह सचिवमा मनाेजमान शाक्य, काेषाध्यक्षमा सन्तकुमार महर्जन र सदस्यहरूमा निरज कुमार महर्जन, माधव गाैतम, तेजरत्न महर्जन, चमितमान डंगाेल साथै लेखा समिति संयाेजकमा गाेविन्द महर्जन लेखा समिति सदस्यहरूमा माेहनकृष्ण महर्जन र पृथु रिजाल चयन भएका छन् ।

कार्यक्रमकाे उद्घाटन सत्रमा बाेल्नु हुँदै प्रमुख अतिथि नेकपा एमालेका साँसद तथा पूर्व मन्त्री कृष्णगाेपाल श्रेष्ठले  काेभिड १९ ले आर्थिक क्षेत्र र मानव जीवनलाई पारेकाे असर सँगै सहकारीहरूलाई पनि कठिन अवस्था सृजना भएकाे स्मरण गराउनु भयाे । उहाँले विगतकाे संकतपूर्ण स्थितिकाे सामना गर्दै जय किसान हित बहुमुखी सहकारी संस्था लि.सफल रूपमा अघि बढेकाे बताउनु भयाे । 
साँसद श्रेष्ठले पछिल्लाे समय काठमाडौं उपत्यका भन्दा बाहिरका संञ्चालकहरूले सदस्यहरूलाई प्रलाेभनमा पारेर पैसा लिएर भाग्ने गर्दा नचिनेका मानिसहरूले चलाएका सहकारीबाट सतर्क हुनुपर्ने बताउनु भयाे । त्यस्तै सहकारी पत्रकारहरूले सहकारीबारे भ्रमपूर्ण समाचार लेख्ने गर्दा त्यसले सहकारीलाई भ्रमपूर्ण समस्यामा पर्ने गरेकाे पनि जिकिर गर्नु भयाे ।

त्यस्तै अतिथि विद्यासुन्दर शाक्यले काठमाडौंमा १८०० सहकारीमा अहिले नविकरण भएका १२ सय सहकारी सक्रिय रहेकाे बताउनु भयाे । कतिपय सहकारीमा पैसा जम्मा गर्ने तर ऋण नलिने गर्दा कतिपय सहकारीका सञ्चालकहरूले मात्र जम्मा भएकाे रकम चलाउने जस्ता विकृति रहेकाे ओैंल्याउनु भयाे ।

काठमाडौं महानगरपालिकाका उप प्रमुख सुनिता डंगाेलले सहकारी साना साना बचतलाई संकलन गरि सदस्यहरूकाे जीवनस्तर उकास्न सफल भइरहेकाे बताउनु भयाे ।

त्यस्तै कामनपा १२ नं वडाका वडाअध्यक्ष बालकृष्ण महर्जनले सहकारीहरूमा शंका गर्न नहुने र रकम पाए खुस हुने र नपाए रिसाउने जस्ता  सदस्यहरू पनि हुने भएकाले त्यसलाई सहकारी शिक्षा मार्फत बुझाउन सक्नु 
पर्ने बताउनु भयाे ।

कार्यक्रमकाे बन्द सत्रमा अध्यक्ष न्हुछे महर्जनले उक्त सहकारीमा रहेका अवशर तथा चुनाैतीबारे प्रकाश पार्नु भयाे । कार्यक्रममा सचिव रविन्द्र महर्जनले उक्त सहकारी  संस्थाकाे प्रतिवेदन पेस गर्नु भयाे ।

साथै काेषाध्यक्ष सन्तकुमार महर्जनले आर्थिक प्रतिवेदनका पेस गर्नु भयाे । निर्विराेध चयन भएका संस्थाका पदाधिकारी तथा सदस्यहरूलाई निर्वाचन संयाेजक अधिवक्ता तिलकप्रसाद काेईरालाले प्रमाणपत्र प्रदान गर्नु भयाे ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा