images

नेपालमा एकैदिन ५ हजार ८७ संक्रमित ,३ जनाकाे मृत्यु,३०६ जना संक्रमण मुक्त

काठमाडाैँ - नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ८७ जना कोरोना संक्रमित थपिएका छन्। धेरै समयपछि एकैदिन ५ हजारभन्दा बढी कोरोना संक्रमित थपिएका हुन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार पिसिआर परीक्षणबाट ४ हजार २०४  र एन्टिजेन परीक्षणबाट ८८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा २० हजार ५६० जनामा कोरोना परीक्षण गरिएको थियो।

देशभर १८ हजार २ सय  ३५ जना कोरोनाका सक्रिय संक्रमित छन्।  पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट ३ जनाले ज्यान गुमाएका छन्। यस्तै ३०६ जना संक्रमणबाट मुक्त भएका छन्। काठमाडौं उपत्यकामा २६०७ संक्रमित थपिएका छन्।  काठमाडौंमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ संक्रमित थपिएका छन्।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा