images

सातदोबाटो युथ क्लबसंग मनाङ मर्स्याङ्दी क्लब पराजित

काठमाडौं । सातदोबाटो युथ क्लबसँग मनाङ मर्स्याङ्दी क्लब पराजित  भएकाे छ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब पराजित भएको हाे ।

शुक्रबार भएको खेलमा मनाङ  मर्स्याङ्दी सातदोबाटो  क्लबसँग २-१ गोल अन्तरमा  सातदाेबाटाे क्लवले जीत हाँसिल गरेकाे हाे ।

सातदोबाटोलाई जित दिलाउन मार्टिन एडिल्फे सिलो नाङ्गा र मार्टिन्स अजयीले एक एक गोल गरे ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको रोमान्चक खेलमा  मनाङका आफिज ओलावाले ओलादिपोले एक गोल फर्काए ।  खेलको छैटौं मिनेटमा सातदोबाटोका निरज चौधरीले पेनाल्टी एरियाको ठिक बाहिरबाट प्रहार गरेको बल मनाङका गोलकिपर विशाल सुनारले मुश्किलले बचाए । खेलको ११ औं मिनेटमा मार्टिनले गोल गर्दै सातदोबाटोलाई सुरुआती अग्रता दिलाएका थिए । आकाश बुढा मगरको कर्नरमा सुदिप गुरुङले उपलब्ध गराएको हेड पासमा मार्टिनले हेडमार्फत सहजै गोल गरेका हुन् । खेलको ३८ औं मिनेटमा मार्टिन्सले गोल गर्दै सातदोबाटोलाई २-० गोलको अग्रता दिलाए ।

खेलको ५७ औं मिनेटमा ओलावालेले गोल गर्दै मनाङलाई २-१ को स्थितिमा ल्याएका थिए ।

खेलको इन्जुरी समयमा मनाङका कप्तान अन्जन विष्टको प्रहार सातदोबाटोका गोलकिपर अविशेक बरालले बचाएका थिए  ।

त्यसपछि दुबै टोलीले थप गोल गर्न सकेनन् र मनाङ सातदोबाटोसँग हारे  । खेलको म्यान अफ दि म्याच सातदोबाटोका प्रशान्त अवस्थी चुनिए । इमर्जिङ प्लेयर सातदोबाटोका निरज चौधरी चुनिए ।

पहिलो भेटमै सातदोबाटोले मनाङलाई हराएको हो ।
यस जितसँगै सातदोबाटोले ९ खेलमा १२ अंक जोडेको छ । याे सँगै सातदोबाटो लिगको छैटौं स्थानमा उक्लिएको छ । मनाङले ९ खेलमा १९ अंक जोडेको छ । मनाङ दोस्रो स्थानमा यथावत रहेको छ ।

सातदोबाटोसँगको हारसँगै मनाङको उपाधि होड समेत कमजोर बनेको छ ।

 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा