images

युनान प्रकृति  आरक्षमा बेपत्ता १३ मध्ये ७ जना फेला

एजेन्सी - चीनको दक्षिणपश्चिमी युनान प्रान्तको एक प्रकृति आरक्षमा बेपत्ता भएका १३ जना मध्ये सात जनालाई उद्धारकर्ताहरूले फेला पारेको स्थानीय अधिकारीहरूले शनिबार बताएका छन्।

युनानको याङ्बी काउन्टीका अधिकारीहरूका अनुसार स्थानीय अधिकारीहरूलाई सूचित नगरी एक चेकपोइन्ट पार गरेर पहाडमा प्रवेश गरेपछि १३ व्यक्तिहरूको समूह काङ्शान पर्वतमा हराइरहेको रिपोर्ट गरिएको थियो।

हराइरहेकाहरुको खोजीका लागि दुई सयभन्दा बढी उद्धारकर्ता घटनास्थलतर्फ पठाइएको छ । फेला परेकाहरुको अवस्था सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा