images

कंचनरूप नगरपालिकामा जनमत पार्टीको मेयर र उपमेयरको अग्रता

सप्तरी - कंचनरूप नगरपालिकाको मेयर र उपमेयरमा जनमत पार्टीको अग्रता रहेको छ। पछिल्लो मत परिणामअनुसार जनमत पार्टीका मेयर पदको उम्मेदवारले एक सय ९१ र उपमेयरले एक सय ७७ मत प्राप्त गरेका छन् ।

जसपाको मेयर पदका उमेदवारले एक सय ४३ र उपमेयरले एक सय ५७ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसका मेयर उम्मेदवारले एक सय १६ र उपमेयरले एक सय ३३ मत प्राप्त गरेर तेस्रो स्थानमा छन् ।

त्यसैगरी, एमालेलको मेयरपदका उम्मेदवारले ११ मत प्राप्त गरेका छन्।

 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा