images

विमानस्थलमा निःशुल्क बस सेवा सुरु गर्छौंः पर्यटनमन्त्री आले

काठमाडौँ  - यात्रुहरुले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो  बढेकाे भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सटल बस सेवा संचालन गर्ने बताएका छन्।

आईतवार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औँ बैठकको उद्घाटन कार्यक्रममा बाेल्दै  मन्त्री आलेले आन्तरिक र बाह्य टर्मिनलमा सटल बस सेवा संचालनको तयारी भइरहेको बताएका हुन् ।

उनले नेपाललाई भारतलगायत मध्यपूर्व र पश्चिमी मुलुकहरुसँग जोड्ने पश्चिमतर्फको हवाइ रुट लिमा-६२६ लाई दुईतर्फी बनाउन भारतसँग आग्रह गरेकोसमेत जानकारि दिए। भैरहवामा निर्मित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै प्रधानमन्त्रीले उद्घाटन गर्नेसमेत उनले जानकारी दिए। त्यहाँ विमान ल्याण्डिङ र टेकअफ गर्नको लागि समस्या भएको हुनाले भारतसँग एयर रुटको कुरा गरेको उनको भनाई थियो।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा