images

मौसमी फ्लु र कोरोनालाई कसरी छुट्याउने ?

काठमाडाैँ । अहिले मौसम परिवर्तन भै रहेकाले  मौसमी फ्लुको जोखिम बढेको छ । यता कोरोनाको जोखिम पनि उच्च बिन्दुमा पुगेको छ ।  मौसमी फ्लु  र कोरोनाका लक्षणहरु मिल्दोजिल्दो भएकाले सामान्य रुघाखोकी लाग्दा पनि कोरोना भाइरसको सङ्क्रमण भयो कि भन्ने शङ्का धेरैमा हुने गरेको छ ।  

मौसमी फ्लु र कोरोनालाई कसरी छुट्याउने ?

मौसमी फ्लु र कोरोना भाइरस दुवै भाइरल सङ्क्रमण (इन्फेक्सन) हो । तर सामान्य रुघाखोकी लाग्दैमा डराउनु पर्दैन । मौसमी फ्लु हुँदा ज्वरो ९८ देखि एक सय डिग्रीसम्म पुग्छ । तर कोरोनाको सङ्क्रमण हुँदा ज्वरो एक सयभन्दा माथि पुग्छ ।  मौसमी फ्लु हुँदा दुईरचार दिनमा नै त्यसका लक्षण देखा पर्छन् । तर कारोनाको लक्षण १४ दिनसम्म देखा पर्छ । फ्लु लाग्दा एक हप्तासम्म रुघाखोकी लाग्ने र सामान्य ज्वरो आउने हुन्छ ।  फ्लु दुईदेखि चार दिनमा अरुमा सर्छ भने कोरोना चाररपाँच दिनको फरकमा सर्छ ।  

कोरोना भएमा कस्तो लक्षण देखिन्छ ?

  – रुघाखोकी लाग्दा पनि उच्च ज्वरो आउने

– निमोनियामा जस्तो स्वाँ–स्वाँ बढ्ने

– श्वास लिँदा धेरै बल लगाउनुपर्ने

– छातीमा गाह्रो हुने    

कस्तो अवस्थामा अस्पताल जाने ? 

– सामान्य रुघाखोकी लाग्दैमा अस्पताल जानुपर्दैन  

– ज्वरो १०१, १०२ डिग्रीभन्दा बढी आएमा  

– ज्वरो निरन्तर आएमा

– श्वास फेर्दा छाती धेरै दुखेमा वा श्वास फेर्न गाह्रो भएमा

– ज्यान धेरै कमजोर र लत्रक्क परेकोजस्तो देखिएमा  

– मधुमेह, मिर्गौला रोगीजस्ता दीर्घ रोगीले अस्पताल गएर परामर्श लिने    

प्रतिरोधात्मक क्षमता कसरी बढाउने ?

  – फलफुल, सागपात तथा हरिया तरकारीजस्ता प्राकृतिक खानेकुरा धेरै खाने  

– मासुजन्य परिकार सकेसम्म कम खाने र राम्ररी पकाएर खाने

– सकभर स्वस्थ्य रहने  

– प्रशस्त मात्रामा उमालेको पानी पिउने  

– धेरै मात्रामा झोल पर्दाथ पिउने

 बिहानदेखि बेलुकासम्म के–के गर्ने ?

– सबैभन्दा बढी हातको सरसफाइमा ध्यान दिने  

– काम गर्दा पटक पटक स्यानिटाइजर प्रयोग गर्ने  

– स्यानिटाइजर नभए साबुन पानीले हात धुने  

– शौचालय जाँदा र बाहिरबाट घर फर्केपछि २० सेकेण्ड मिचीमिची हात धुने  

– बाहिरबाट घर फर्केपछि लगाएको कपडा फेर्ने  

– हरेक दिन छुट्टाछुट्टै कपडा लगाउने  

– लुगा दैनिक रुपमा धुने र सकेसम्म दैनिक नुहाउने  

– घरबाहिर जाँदा मास्क लगाउने र नभए रुमालले मुख छोप्ने 

(वीर अस्पतालमा कार्यरत जनरल फिजिसियन डा. मिलन खड्कासँगको कुराकानीमा आधारित)

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा