images

मिक्लाजुङ गठबन्धनका माखिम र  सेर्मा विजयी

पाँचथर - पाँचथरको मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनको नेकपा (माओवादी केन्द्र)का अमरराज माखिम पुनः निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा नेपाली कांग्रेसका सन्त कुमार सेर्मा विजयी हुनुभएको छ । अध्यक्ष पदमा माखिमले नेकपा (एमाले)का नरेन्द्रकुमार बस्नेतलाई दुई हजार ३९ मतले पराजित गर्नुभएको हो । माखिमले ६ हजार ६५ मत प्राप्त गर्दा बस्नेतले चार हजार २६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालय मिक्लाजुङले जनाएको छ । 

यस्तै गाउँपालिका उपाध्यक्षमा गठबन्धनको कांग्रेसका सन्तकुमार सेर्मा विजयी हुनुभएको छ । उहाँले एमालेका धनमाया सारु मगरलाई दुई हजार १७० मतले पराजित गर्नुभएको हो । सेर्माले पाँच हजार ५४२ मत प्राप्त गर्दा मगरले तीन हजार ३७२ मत हजार मत प्राप्त गर्नुभयो । आठवटा वडा रहेको मिक्लाजुङमा वडा नं ८ बाहेक सबै पदमा गठबन्धन विजयी भएको छ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा