images

हुम्लाको चङ्खेली गाउँपालिका–२ मा बुधबार पुनः मतदान हुँदै

सिमकोट - हुम्लाको दक्षिण भेगमा रहेको चङ्खेली गाउँपालिका–२ को महादेव माविको मतदान केन्द्रमा बुधबार पुनः मतदान हुने भएको छ । गत शुक्रबार स्थगित भएको निर्वाचन बुधबार हुने मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलले जानकारी दिनुभयो । 

वैशाख ३० गते आधाभन्दा बढी मतदाताले मत खसाल्न नपाएको भन्दै उजुरी परेपछि आयोगले उक्त मतदान केन्द्रमा पुनः मतदान गराउन लागेको पौडेलले बताउनुभयो । बुधबार ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । 

मतदानका लागि कर्मचारी र मतपत्र पठाइसकेको जानकारी प्राप्त भएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । उक्त मतदान केन्द्रमा ९०३ मतदाता रहेकामा ३९० मत मात्रै खसेको थियो । गत शुक्रबार गठबन्ध र स्वतन्त्र उम्मेदवारका दुई पक्षबीच मतदानका क्रममा झडप भएको थियो ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा