सेयर बजार दाेहाेराे अंकले वृद्धि

काठमाडौं - सेयर बजार दाेहाेराे अंकले वृद्धि भएकाे छ ।  बिहिबार नेप्से परिसूचकमा १ दशमलव ३४ प्रतिशतले वृद्धि भएको हाे । सेयर बजारमा हरियाली छाएसँगै २५ दशमलव ५७ अंकले वृद्धि हुँदै १९३६ दशमलव ८३ विन्दुमा आएर नेप्से रोकिएको छ । साथै (क) वर्गको सेन्सिटिभ इन्डेक्समा पनि १ दशमलव १९ प्रतिशतले वृद्धि भएको छ । बुधबार पनि सेयरबजारमा दोहोरो (१३ दशमलव ४०) अंकले वृद्धि भएको थियो । 

४३ लाख ८४ हजार बराबर कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ५४ लाख १९ हजार बढीको कारोबार भएको  छ । ८७ कम्पनीको कारोबार हुँदा १७२ कम्पनीमा वृद्धि भएको, १३ कम्पनीमा ओरालो  लागेको र २ कम्पनी स्थिर रहेको छ ।

सबैभन्दा धेरै रिडी पावर कम्पनीको १४ करोड ३९ लाख १५ हजार ९७२ र शिभम् सिमेन्टको १३ करोड ४० लाख २७ हजार २८८ रुपैयाँले कारोबार भएको छ । सिक्लेस हाइड्रोपावर १० प्रतिशतले, सयपत्री हाइड्रोपावर ९ दशमलव ९९ प्रतिशत र बोटलर्स नेपालको ७ दशमलव ५१ प्रतिशतले वृद्धि भएको छ ।

 सबै उपसूचकहरूमा हरियाली छाएको छ, जसमा सबैभन्दा धेरै हाइड्रोपावरमा ३ दशमलव १४ प्रतिशतले उकालो लागेको छ । साथै, फाइनान्स, ट्रेडिङ र म्यानुफेक्चरीङ प्रोसेसिङमा २ भन्दा बढी प्रतिशतले वृद्धि भएको र अन्य सबै उपसूचकहरुमा पनि वृद्धि भएको छ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा