इन्जिनियरिङ पढ्ने विद्यार्थीको गन्तव्य वन्दै नेक

काठमाडौं - इन्जिनियरिङ पढन चाहने विद्यार्थीको आकर्षण नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुर देखिएको छ । कलेजमा आइतबार भएको प्रवेश परीक्षाबाट यो पुष्टि भएको हो ।

कलेजका इन्जिनियरिङ पढनका लागि प्रवेश परीक्षा दिने विद्यार्थीको भीड लागेको थियो । कलेजले जनाए अनुसार त्यहाँं स्नातक तहमा सिभिलमा एक सय ४४, सिभिल एण्ड रुरलमा ४८, कम्युटरमा ९६, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्समा ४८, इलेक्टोनिक्स एण्ड कम्यनिकेशनमा ९६, आर्किटेक्टमा ४८, सिभिल इन्जिनियरिङमा ४८ र सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्समा ४८ जनाको कोटा रहेको छ । यसमध्ये सिभिल इन्जिनियरिङ फर डिप्लोमा होल्डर्समामाबाहेक सवैमा प्रवेश परीक्षा भएको थियो । सिभिल इन्जिनियरिङ  फर डिप्लोमा होल्डर्समाको प्रवेश परीक्षा भने पछि मात्रै हुने जनाइएको छ । 
 

कलेजका मिडिया रिलेशन अफिसर एवं एसोसिएट प्रोफेसर रमेश खनालले कलेजप्रति विद्यार्थी आकर्षित हुनुका एक नभई अनेक कारण रहेको बताउँंछन् । छात्रबृतिको प्रसस्त व्यवस्था, प्रसस्त भौतिक पूर्वाधार, पूर्णकालिन अनुभबी शिक्षकशिक्षिका, होस्टेलको व्यवस्था, काठमाडौबाट गाडीको सुविधालगायतका कारण विद्यार्थी आकर्षित भएको हुनसक्ने उनले बताए ।

इन्जिनियरिङतर्फ अझ विशेष गरेर विद्यार्थीको आकर्षण सिलिल र कम्प्युटरमा देखिएको उनले जनाए । सिलिल र कम्प्युटरतर्फ विद्यार्थी थेगी नसक्नु हुन्छ, उनले भने, तर पनि सवैको भविष्य उतिकै राम्रो छ । कलेजले राखेको तथ्यांक अनुसार कलेजमा हालसम्म देशभरिकै जिल्लाका विद्यार्थीले अध्ययन गरेका छन् । हालसम्म कलेजबाट १० हजार भन्दा वढी विद्यार्थीले अध्ययन पूरा गरी गएको जनाइएको छ ।

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा