सबैका प्रिय काठमाडाैंका सन्तकुमार महर्जन काे हुन्?

काठमाडौंं – वाग्मती प्रदेश सभा सदस्यका लागि नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नं ९ (क) बाट काठमाडौंका नेवार समुदायका चर्चित सामाजिक तथा संस्कृतिका अभियन्ता नेपाली कांग्रेसका नेता सन्तकुमार महर्जनलाई उम्मेदवार सिफारिस गरेको छ । मंसिरमा हुने प्रदेशसभा र संसदीय निर्वाचनका लागि महर्जनलाई  काठमाडौं क्षेत्र नं ९ (क) का लागि नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गरेको हो । महर्जनलाई पार्टीले सिफारिस गरेसँगै काठमाडौं क्षेत्र नं ९ (क) का स्थानीयहरुले खुसी व्यक्त गरेका छन् । ज्यापु संस्कृति विकास कोषमा रहेर नेवार समुदायको संस्कृतिको क्षेत्रमा लामो समय काम गर्दै आउनु भएका महर्जन नेपाली काँग्रेस काठमाडौं महानगर समितिका उपभापति समेत हुनुहुन्छ । यतिमात्र हैन महर्जनको सिफरिसपछि काठमाडौं क्षेत्र नं ९ (क) मा उहाँको चर्चा चुलिएको छ  । काठमाडौं महानगरका जनताले महर्जनलाई यति धेरै विश्वास किन गरेका छन् त ? भन्ने बारेमा हामीले छोटो विवरण तयार पारेका छौँ । को हुन्  त सन्तकुमार महर्जन ? 

नेपाली कांग्रेसका नेता सन्त कुमार महर्जनको जन्म  विक्रम संवत २०२४ असारमा आमा सन्तुमाया महर्जन र बुबा शंषनारायण महर्जनको कोखबाट काठमाडौंंको ओन्दे टोलमा भएको हो । सानैदेखि नेवार समुदायमा रहेर हुर्किएका महर्जन सामाजिक कार्यमा सक्रिय हुन थाल्नु भयो ।  
महर्जन २०४१ सालदेखि नेपाली कांग्रेसको हरेक गतिविधिमा संलग्न हुँदै आउनु भएको छ । वि.सं.२०४१ मा ताहाचल क्याम्पस, ताहाचलमा प्रमाणपत्र तह देखि पब्लिक यूथ क्याम्पस, धोबिचौरमा स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत रहँदा उहाँ स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघवाट सक्रिय सहभागी जनाएका थिए । २०४७ साल सालमा उहाँ नेपाल विद्यार्थी संघ, काठमाडाैं महानगरपालिका १२ वडा समिति उपाध्यक्षमा निर्वाचित भई विद्यालय तथा क्याम्पस क्षेत्र सुधारका लागि सक्रिय बन्नु भयो । स्नातकोत्तर अध्ययन सुरु गरे पनि व्यवसाय र राजनीतिमा सक्रिय भएपछि पढाईको लागि समय व्यवस्थापन नभएपछि उहाँले आफ्नो पढाईलाई स्नातकमै सिमित राख्नु भयो ।

२०५८ सालमा ११ औं महाधिवेशनबाट नेपाली कांग्रेस, काठमाडाैं महानगरपालिका १२ वडा कार्यसमिति सचिवमा  निर्वाचित हुनु भयो । २०६७ सालको १२औं महाधिवेशनबाट पनि उहाँ नेपाली कांग्रेस, काठमाडौं महानगरपालिका १२ वडा कार्यसमिति सचिवमै  निर्वाचित हुनु भयो । २०७३ सालको १३औं महाधिवेशनबाट महर्जन नेपाली कांग्रेस, काठमाडाैं जिल्ला प्रतिनिधि सभा क्षेत्र नं. ९ क्षेत्रिय कार्य समिति सदस्य निर्वाचित हुनु भयो ।  र २०७८ सालको १४आं महाधिवेशनबाट नेपाली कांग्रेस, काठमाडौं महानगर कार्यसमितिको उप–सभापति पदमा अत्यधिक वहुमतले निर्वाचित हुनुभयो । 

नेता महर्जनले गएको स्थानिय तहको निर्वाचन २०७९ मा काठमाडाैं महानगरपालिका समितिको घोषणा पत्र निर्माण समितिको संयोजक रहि कार्य सम्पादन गर्नु भयो । हाल काठमाडाैं महानगरपालिका समितिको कला, सस्कृति, सम्पदा विभागको संयोजक रहि कार्य गर्दै आउनु भएको छ । उहाँ २०४४ सालको नेपाली कांग्रेसबाट आउट पोष्ट क्याप्चर अभियान स्वरुप भाग लिएको स्थानिय तहको निर्वाचन देखि हरेक तहको निर्वाचनमा नेपाली कांग्रेसको प्रतिनिधि भई सक्रिय सहभागी जनाउनु भयो । 

- सामाजिक र संस्कृतिको क्षेत्रमा महर्जनको योगदान
हँसिलो मुहारका नेता महर्जन ज्यापु संस्कृति विकास कोष (ज्यापु जातिय छाता संस्था) का उपाध्यक्ष एवंम् प्रवक्तमा रहेर सामाजिक कार्यमा सक्रिय रहँदै आउनु भएको छ । उहाँ उक्त सँस्थाका संस्थापक महासचिव हुनुहुन्छ । ज्यापु संस्कृति विकास कोष नेपाली कांग्रेसको सरकार रहंदा नेपाल सरकारवाट वि.सं.२०५८ मा काठमाडौं महानगरपालिका अन्तर्गतको ६३ वटा परम्परागत ज्यापु त्वाःगुथिहरुको सम्पदा, संस्कृति संरक्षण गर्ने उद्देश्यले अनुदान प्राप्त रकमवाट अक्षय कोष स्थापना गरि स्थापना गरिएको राष्ट्रिय स्तरको संस्था हो  । यस संस्थावाट २०६१ सालमा स्थापित राष्ट्रिय ज्यापु दिवसलाई २०६४ सालमा नेपाली कांग्रेसको सरकारवाट राष्ट्रिय मान्यता सहित सार्वजनिक पर्व विदा घोषणा पश्चात हाल सम्म अनवरत रुपमा यस कोषको आयोजनामा प्रत्येक वर्ष योमरी पुन्हिका दिन नेपाल सरकारको कार्यकारी प्रमूखको प्रमूख आतिथ्यतामा काठमाडौं उपत्यकाको विभिन्न भेगका पचासाैंं हजारको सहभागीतामा राष्ट्रिय ज्यापु दिवस समारोह आयोजना गरिदै आएको छ ।

- ज्यापु संस्कृति विकास कोषमा काठमाडाैं 

महानगरपालिका भित्र अवस्थित ६३ वटा परम्परागत ज्यापु त्वाः (टोल) गुथिहरु सदस्यता रहेको र सोहि अनुपातमा ज्यापु मिसा खलःपुचः (महिला समूह) रहेको छ । सो जातिय संस्था भित्र लाखांै ज्यापुहरु संलग्न रहेको छ । यस ज्यापु संस्कृति विकास कोषको संस्थापक महासचिव र हाल उपाध्यक्ष एवंम् प्रवक्ताको हैसियतले उहाँले सम्पूर्ण गुथि तथा खलःपुचःसँग   प्रत्यक्ष सम्पर्कमा रहि संस्कृति र सामाजिक कार्यमा सहकार्य गर्दै आउनु भएको छ । 


उहाँ जातिय छाता संस्था ज्यापु महागुथि नेपाः का केन्द्रीय सदस्य एवम् सचिवालय सदस्य समेत हुनुहुन्छ । नेवाः जाति भित्र करिव ४५ प्रतिशत जनसंख्या रहेको आदिवासी ज्यापु समुदायको हकहितका लागि स्थापना गरिएको ज्यापु जातिय विभिन्न गुथि खलःको राष्ट्रिय छाता संस्था हो  ज्यापु महागुथि नेपाः । नेपाल भर विभिन्न ठाउंमा यस संस्थाको शाखाहरु रहेको छ । नेवाः परम्परा अनुसार परम्परागत ओन्दे त्वाः गुथि (जातिय पराम्परागत टोल गुथि खलः) का  वहिदार (सचिव एवंम् कोषाध्यक्ष) पदमा रहेर पनि उहाँले सामाजिक सुधारका कार्य गर्दै आउनु भएको छ । ओन्दे त्वाः गुथि  काठमाडाैं महानगरपालिका अन्तर्गतको ६३ वटा परम्परागत ज्यापु त्वाःगुथिहरु मध्ये काठमाडाैंको तल्लो भेगमा अवस्थित ज्यापु जातिय संस्था हो  ।  परम्परागत ओन्दे त्वाः खलः । काठमाडाैंका आदिवासी मानिने ज्यापु समुदायको परम्परागत जात्रा, गुथि, संस्कृति अविच्छिन्न रुपमा संचालन गर्दै  आएको छ । त्यसो त महर्जन श्री पचली भैरब क्षेत्र विकास समिति (धार्मिक संस्था) का महासचिव समेत हुनुहुन्छ । अष्ट भैरबको राजा मानिने स्वच्छन्द भैरबले परिचित काठमाडाैं महानगर टेकू, पचलीमा विराजमान प्रसिद्ध भैरब – श्री पचली भैरब । मल्लकालसम्म शासकको अराध्यदेव मानिने पचली भैरबको शाहकालमा पनि अति उच्च स्थान रहेको छ । 

श्री पचली भैरब क्षेत्र विकास समितिबाटै प्रत्येक वर्ष दशैंको पञ्चमीका दिन राज खड्गका साथ गुरुजु पल्टन सहितको पचली भैरब जात्रा मनाइन्छ । प्रत्येक बाह्र–बाह्र वर्षमा पचली भैरबवाट विद्यमान शासकसंग खड्गशिद्धि गरी शासकलाई शक्ति संञ्चय गर्ने गरिन्छ । पचली भैरब क्षेत्र भित्र रहेका संस्कृति, सम्पदा र रितिरिवाज संरक्षण गर्ने हेतुले श्री पचली भैरब क्षेत्र विकास समिति वि.सं. २०५८सालमा विधिवत रुपमा दर्ता भएको धार्मिक संस्था हो । त्यस्तै सामाजिक अभियन्ता भएर काम गर्ने क्रममा उहाँ काठमाडाैंकै नारायण परिवार क्लब (सामाजीक संस्था) का सदस्य सचिवमा रहेर काम गर्दै आउनु भएको छ । नारायण परिवार क्लब  वि.सं. २०४५ सालमा तत्कालिन सामाजिक सेवा राष्ट्रिय समन्वय् परिषद् (हाल समाज कल्याण परिषद्) अन्तर्गत “राष्ट्रिय युवा सामाजिक संस्थाहरु” मध्येमा सर्वाेकृष्ट घोषित भई रनिङ शिल्ड प्राप्त गर्न सफल सामाजीक संस्था होे ।


काठमाडाैं महानगरपालिका वडा नं. १२ स्थित ओन्दे नारायण स्थानमा अवस्थित वि.सं.२०३२ सालमा स्थापित यस सामाजिक संस्थाले निरन्तर रुपमा स्वास्थ्य, शिक्षा, खेलकूद, धार्मिक र सञ्चार क्षेत्रमा विभिन्न कार्यक्रमहरु निरन्तर रुपमा संचालन गर्दै आएको छ ।  नेता महर्जनले युवा, खेलकूद तथा संस्कृति मन्त्रालय: राष्ट्रिय युवा महोत्सव २०५६ र्याली र सम्पदा संरक्षण उपसमिति सदस्य मा रहेर कार्य सम्पादन गर्नु भएको छ भने धर्मिक क्षेत्रमा पनि महर्जनको सक्रियता उतिकै छ । महिला बौद्ध समूह, काठमाडाैं–१२ । (धार्मिक संस्था) का  सल्लाहकार रहनु भएका उहाँ मिसा लिधंसा पुचः, काठमाडाैं–१२ । (महिला समूह)का सल्लाहकार समेत हुनुहुन्छ । 


- व्यवसायको क्षेत्रमा महर्जन 

जय किसान हित बहुमुखी सहकारी संस्था लिमिटेड (आर्थिक संस्था) मा  कोषाध्यक्ष एवंम् कार्यकारी निर्देशकको पदमा रहेर कार्य सम्पादन गर्दै आउनु भएका महर्जन व्यापार व्यवसायमा पनि अगाडी छन् । 

जय किसान हित बहुमुखी सहकारी संस्था लिमिटेड नेपाल किसान संघ काठमाडौं जिल्लामा आवद्ध नेपाली कांग्रेसका कार्यकर्ताहरुको सक्रिय सहभागीमा २०५६ सालमा देश भरका किसानहरुको एउटै समस्या रहेको तरकारी बजार व्यवस्थाका लागि स्थापना भएको सहकारी हो । यस संस्थाको संस्थापक शेयरसदस्य भई हालसम्म विभिन्न पदमा रहेर सक्रिय सहभागीता जनाउँदै आउनु भएको छ  । उहाँ जय किसान इन्भेष्टमेण्ट प्रा.लि. प्रवन्ध संचालक पनि हुनुहुन्छ । जय किसान इन्भेष्टमेण्ट प्रा.लि. विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका मेशिनरी सामानहरुको आधिकारीक वितरक हो । उत्तः कम्पनीले वि.सं. २०६६ सालमा स्थापना भई भवन निर्माणका लागि आवश्यक औजार तथा मेशिनरी सामानहरु आयात गरी नेपाल अधिराज्य भर कारोवार गदै आएको छ ।  नेता सन्तकुमार महर्जन मकवानपुरको थाहा नगरपालिकास्थित      टिष्टुङ रिसोर्ट प्रा.लि.का सञ्चालक समितिका सदस्य समेत हुनुहुन्छ । टिष्टुङ रिसोर्ट प्रा.लिले ऐतिहासिक शहर मकवानपुर जिल्ला थाहा नगरपालिका वडा नं. ६ टिष्टुङमा वि.सं. २०७८ मा स्थापना गरि होटल व्यवसाय संचानल गर्दै आएको छ । 

- सञ्चार उद्यमी महर्जन

त्यसो महर्जन सञ्चार क्षेत्रमा पनि सक्रिय हुनुहुन्छ । उहाँ  नेवाः मिडिया प्रा.लि.का अध्यक्ष समेत हुनुहुन्छ । नेवाः मिडिया प्रा.लि. सञ्चार क्षेत्रमा विभिन्न माध्यम विशेषत टेलिभिजन, एफ.एम., अनलाइन र छापा पत्रिकावाट प्रजातान्त्रिक पक्षमा सचेतना ल्याउने उद्देश्यका साथ नेवाः मिडिया क्लबमा आबद्ध सञ्चारकर्मीहरुको सक्रिय सहभागी र लगानीवाट स्थापना गरिएको हो ।


यस कम्पनीले विभिन्न सञ्चार माध्यम सहभागी रहंदै आफ्नो कार्यक्रम संचालन गरि आएको छ । त्यस्तै नेपाल भाषामा प्रिन्ट पत्रिका  तिकिझ्याः वाः पौ (साप्ताहिक पत्रिका) का प्रकाशक समेत हुनुहुन्छ नेता सन्तकुमार महर्जन । उहाँ रेडियो उपत्यका ८७.६ मेगाहर्जका  संचालक समिति सदस्य पनि हुनुहुन्छ । रेडियो उपत्यका काठमाडौं उपत्यकाको एउटै मात्र सामुदायिक एफ.एम. हो । सामाजिक संस्था नारायण परिवार क्लबको नाउंमा दर्ता रहि विभिन्न संघसंस्थाहरुसंगको सहकार्यमा सफलताका साथ विभिन्न समसमायिक एवम् सामाजीक कार्यक्रम रेडियोबाट प्रशारण तथा प्रस्तुत हुँदै आएको छ । बहुमुखी प्रतिभाका धनि महर्जन नेवाः टेलिभिजनका संचालक समिति सदस्य समेत हुनुहुन्छ । उक्त टेलिभिजनले काठमाडाैं उपत्यकाको धर्म, संस्कृति, सम्पदा, रिति रिवाजलाई श्रव्यदृश्यको माध्यमबाट प्रचार प्रसार गर्दै आएको छ । संस्कृति र समाजका रितीरिवाजलाई संरक्षण गर्ने उद्देश्यका साथ नेवाः टेलिभिजन  वि.सं.२०७३ सालमा स्थापना गरिएको टेलिभिजन हो । चीन, भारत, थाइल्याण्ड, बङ्गलादेशमा राजनीतिक तथा सास्कृतिक भ्रमण गरिसकेका नेता मजर्हन काठमाडौंबासीको आँखामा राख्दा पनि नबिझाउने नेताका रुपमा परिचित छन् । 

 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा