images

कांग्रेस म्याग्दीको अधिवेशनमा मतदान सुरु

काठमाडाैँ। नेपाली कांग्रेस म्याग्दीको सातौँ जिल्ला अधिवेशनअन्तर्गत सर्वसम्मत नभएका पदमा मतदान सुरु भएको छ।

अधिवेशनमा सभापतिमा खमबहादुर गर्वुजा सर्वसम्मत भए पनि उपसभापति, सचिव, सहसचिव र महाधिवेशन प्रतिनिधिलगायतका पदमा सहमति नजुटेपछि मतदानमार्फत टुङ्गो लगाउन लागिएको हो।

वर्तमान सभापति गर्वुजा र निर्वतमान सभापति रेशम बानियाँ, पूर्व सहसभापति नेत्रबहादुर महतले एकैसाथ मतदान गरेपछि अहिल्यै मतदान प्रक्रिया जिसस सभाहलमा चलिरहेको छ।

निर्वाचन अधिकृत निरञ्जनलाल राजभण्डारीका अनुसार दुई जना निर्वाचित हुने उपसभापति पदमा कर्णबहादुर भण्डारी केबी, डमबहादुर पुन, हरिकुमार श्रेष्ठ, माधवप्रसाद रेग्मी, मीनबहादुर कार्की र कमल छन्त्याल प्रतिस्पर्धामा रहनुभएको छ ।

त्यसैगरी दुई जना निर्वाचित हुने सचिव पदमा भरत ढकाल, अजयमिलन श्रेष्ठ, दुर्गाराम सुवेदी र हिराबहादुर पुन प्रतिस्पर्धामा हुनुहुन्छ। त्यस्तै दुई निर्वाचित हुने सहसचिव पदमा श्रीराम पौडेल, ध्रुवराज कार्की र कोमलप्रसाद उपाध्याय प्रतिस्पर्धामा हुनुहुन्छ ।

दश जना खुला महाधिवेशन प्रतिनिधिमा १८ जना उम्मेदवार प्रस्तिपर्धामा छन्। एक नगरपालिका र पाँच गाउँपालिकाबाट सहभागी ७३५ जना क्षेत्रीय प्रतिनिधिले मतदान गर्नेछन्।
 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा