images

कतारमा कार्यरत महिला श्रमिकका लागि स्वास्थ्यसम्बन्धी जनचेतना

काठमाडौं - कतारमा कार्यरत महिला श्रमिकका लागि एकदिन महिला स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यकम सम्पन्न भएको छ ।

गैरअवसीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति र एनएअरएन कतारको महिला विभागको सहकार्यमा  अयोजित कार्यक्रममा त्यहाँ स्थित नेपाली महिलाहरुले भोग्नु पर्ने समस्याको बारेमा छलफल भएको थियो ।

 कतारका लागि नेपाली राजदुत लक्ष्मण खनालले आयोजक संस्थालाई धन्यवाद दिदै भविष्यमा यस्तै कार्यक्रमको आयोजना गर्न सुझाव दिए । उनले आगामी दिन नेपाली दूतावासले नेपाली समुदायसँग सहकार्य  गर्दै अगाडि बढ्न्ने प्रतिवद्धता जनाए । 

 स्वास्थ्य समितिका अध्यक्ष डा। सन्जिव सापकोटाले विभिन्न देशहरुमा नेपालीको आत्महत्या बढ्दै गएकोमा चिन्ता ब्यक्त गर्दै मानसिक स्वास्थ्य जनसचेतनाको खाचो भएको बताए ।

एनआरएनए कतारका अध्यक्ष महोम्मद मुताफाले कार्यक्रमको सफलताका लागि शुभकामना व्यक्त दिदैं गैरआवासीय नेपाली संघले आगामी दिनमा सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए ।

 एनआरएनए स्वास्थ्य समितिका मध्यपूर्व संयोजक डा। नितेश अर्याल, गाइनोलोजिस्ट डा सुमित्रा थापाले महिलाको स्वास्थ्य सम्बन्धी  जानकारी दिएका थिए ।
 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा