images

पहिलोपटक पेट्रोल प्रतिलिटर २१ र डिजेल २७ रुपैयाँले बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।

आइतबार राति १२ बजेदेखि लागु हुने गरेर पेट्रोल प्रतिलितर २१ रुपैयाँ र डिजेल तथा मटिट्लेत प्रतिलिटर २७ रुपैयाँले मूल्य वृद्धि गरेको हो । बढेको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ ।

एकैपटक यति धेरै प्रतिलिटर मूल्य वृद्धि भएको यो पहिला पटक हो । खाना पकाउने एलपीजी ग्यासको मूल्य भने पुरा नै यथावत रहेको छ ।

पेट्रोलको मूल्य २१ रूपैयाँले वृद्धि गरेर प्रतिलिटर १९९ रुपैयाँ पुर्याएको छ । भने, डिजल र मट्टितेलको मूल्य पनि प्रतिलिटर २७ ले बढेर १९२ रुपैयाँ मूल्य पुर्याएको छ । 

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा