images

देशलाई सफल बनाउने अभियानमा लागेको छु : वरिष्ठ नेता पौडेल

दमौली - नेपाली कांग्रेसका वरिष्ठ नेता एवं उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक रामचन्द्र पौडेलले देशलाई सफल बनाउने अभियानमा आफू लागिपरेको बताउनुभएको छ । 

जिल्लाका सञ्चारकर्मीसँग आज निवासमै कुराकानी गर्दै पौडेलले देशलाई सफल र समृद्ध बनाउने एकमात्र लक्ष्य रहेको उल्लेख गर्नुभयो । 

देशलाई असफल बनाउने षड्यन्त्र भइरहेको बताउँदै पौडेलले भन्नुभयो, “देशलाई असफल बनाएर अस्थिरतातर्फ लैजाने प्रयासलाई परास्त गर्नेतर्फ हामी सबै लाग्नुपर्छ, म त्यही अभियानमा निरन्तर लागिरहेको छु ।”

प्रतिक्रिया

पूरा समाचारको दैनिक विवरण नेपाल कुरा